
न्युयोर्कबासीका लागि खुशीको खबर । कतिपय राज्यले भने यो सुविधा अझै सुरु गरेका छैनन् ।
Posted in अन्तर्राष्ट्रिय समाचार
काम गुमाएका न्युयोर्कबासीलाई आजदेखि बेरोजगारी विमा रकमका अतिरिक्त ११ हप्तासम्म अतिरिक्त साप्ताहिक ३ सय डलर प्रदान गरिने भएको छ । कतिपय राज्यले भने यो सुविधा जनवरी १० मा समाप्त हुने साताबाट प्रदान गर्ने भएका छन् ।आइतबार साप्ताहिक प्रमाणिकरण गरेका न्युयोर्कबासीहरुले सोमबार यो रकम प्राप्त गर्नेछन् । बैंक अनुशार यो रकम खातामा आइपुग्न एकदेखि तीनदिनसम्म लाग्नसक्छ । बेरोजगारी विमाको नियमित रकमसँगै यो रकम प्राप्त हुनेछ ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले राहत प्याकेजमा हस्ताक्षर गर्न एकदिन ढिलो गरेका कारण कतिपय राज्यहरुले १० हप्ताका लागिमात्र बेरोजगारी विमाका अतिरिक्त साप्ताहिक ३ सय पाउने देखिएको छ । तर न्युयोर्कबासीहरुले पूरै ११ हप्ताको अतिरिक्त ३ सय डलर पाउने भएका छन् ।न्युयोर्कका गभर्नर एन्ड्रयु कुमोले जनवरी ३ मा समाप्त हुने सातादेखि नै बेरोजगारी विमा र संघीय सरकारले प्रदान गर्दे अतिरिक्त