
किन पर्छ टाउँकोमा जुम्रा ? यसबाट सधैँका लागि छुटकारा पाउन अपनाउनुहोस् यी उपाय
Posted in स्वास्थ्य /जिबनशैली
काठमाडौँ । मानिसको शरीरमा तीन प्रकारको जुम्रा पर्ने गर्छ। कपाल, जिउ तथा गुप्तांगमा फरक फरक प्रकारका जुम्रा पर्छ।मानिसले जुम्रा परेपछि जिउ तथा टाउको चिलाएर अप्ठ्यारो परिस्थितिको सामना गर्नुपर्ने हुन्छ। विशेषगरी, महिलाको कपाल लामो र बाक्लो हुने कारण जुम्राको समस्या धेरै हुन सक्छ।
जुम्रा पर्ने समस्या र त्यसबाट बच्ने उपायबारे छालारोग विशेषज्ञको सुझाब यस्ता छन्ः
बाक्लो कपालमा बस्न मन पराउने जुम्राले विशेष कन्पारा, गर्दनको साइडमा असर पुर्याउन सक्छ। जुम्राले टोकेर धेरै चिलाएमा या कन्याउँदा छालामा संक्रमण हुन सक्छ।
जसले गर्दा कपाल गाँठो पर्ने, घाउ हुने तथा गनाउने समस्या हुन सक्छ। लिखा कपालको जरामा टाँसिएको छ भने संक्रमण भएको मान्नुपर्छ। कपालको तल–तल आएको लिखा पुरानो संक्रमण हो। यसले छालालाई बढी असर पुर्याउन सक्छ।
मानिसको कपालमा परेको जुम्राबाट छुटकारा पाउने औषधि बजारमा पाइन्छ। सो औषधिल