
नेपालका चर्चित ५ सुन्दरीः जो दुलाहको पर्खाइमा छन्
Posted in मनोरंजन
विवाहलाई बनारसको लड्डु भन्न थालिएको वर्षौं भयो । खाए पनि पछुताउने अनि नखाए पनि पछुताउने भएकाले विवाहलाई लड्डुसँग तुलना गरिएको होला ।
विवाह भएपछि महिला हुन् अथवा पुरुष, जिम्मेवारीमा बाँधिन्छन् भन्ने आमधारणा छ । हाम्रो नेपाली समाजमा विवाहका आफ्नै मूल्य–मान्यता छन् । ग्ल्यामर क्षेत्रमा त विवाहले अझ ठूलो भूमिका निर्वाह गर्छ ।
करियरले उचाइ लिइरहेका बेला विवाह गर्नु हुँदैन भन्ने मान्यता एकातिर छ भने अर्कातिर विवाहित अभिनेता–अभिनेत्रीहरूले सफलताको उचाइ चुमेका उदाहरण पनि छन् । केही त्यस्ता अविवाहित महिला सेलिब्रेटी छन् जो दुलाहको पर्खाइमा छन् –
श्रृंखला खतिवडा
मिस नेपाल वल्र्ड–२०१८ को उपाधिसँगै श्रृंखला खतिवडा देशकै चर्चित सेलिब्रेटी बन्न सफल भइन् । चीनमा सम्पन्न मिस वल्र्ड–२०१८ मा उत्कृष्ट प्रस्तुति दिएसँगै उनी नेपालीमाझ मात्र होइन, विश्वभर नै चर्चामा आइन् । समाजसेवामा समेत रुचि राख्न