Monday, January 18

टिकटकको यस्तो भिडियोले ३ वर्ष जे’ल साढे २२ लाख ज’रिवाना !

June 30, 2020 434

काठमाडौं। एक हाइप्रोफाइल बेली डान्सरले सामाजिक संजालमा अनैतिक र उ’त्तेजक भिडियो पोस्ट गरेको अ’भियोगमा ३ वर्ष जे’ल र साढे २२ लाख रुपैयाँ ज’रिवानाको स’जाय पाएकी छिन् । मिश्रकी बेली डान्सर सामा एल मेसीलाई यहाँको अदालतले शनिबार ३ वर्ष जे’ल र ३ लाख इजिप्सियन पाउण्ड जरिवानाको स’जाय सुनाएको अल जजीराले जनाएको छ । उनी गएको अप्रिलमा प’क्राउ परेकी थिइन् ।

कायरोको एक अदालतले शनिबार फैसला सुनाउँदै उनीमाथि मानिसहरुसँग दु’र्व्यवहार र अनैतिकताको लागि उक्साएको आ’रोपमा स’जाय तोकेको हो । उनी अप्रिलमा सामाजिक संजालमा पोस्ट गरिएका भिडियो र तस्वीरहरुको जाँचको क्रममा प’क्राउ परेकी थिइन् । उनले आफ्ना भिडियोहरु लोकप्रिय भिडियो शेयरिङ प्लेटफर्म टिकटकमा शेयर गरेकी थिइन् । यी भिडियोमा उनले सार्वजनिक रुपमा मानिसहरुको उ’त्तेजना बढाउने काम गरेको आरो’प लगाइएको थियो ।

४२ वर्षकी यी बेली डान्सरले भने आफूमाथि लागेका आ’रोप अस्वीकार गर्दै आफूलाई निर्दोष बताएकी थिइन् । उनले आफ्नो फोनबाट ती भिडियो चो’री गरिएको र उनको सहमतिबिना सामाजिक संजालमा शेयर गरिएको बताएकी थिइन् । कायरोको अदालतले शनिबार फैसला सुनाउँदै उनले अनैतिकता फैलाउने उद्देश्यले सामाजिक संजालमा ती भिडियो शेयर गरेको बताएको छ ।

अदालतले उनले मिश्रमा परिवारको सिद्धान्त र मूल्य मान्यताको उ’ल्लंघन गरेको ठ’हर गरेको छ । अदालतको यो फैसलाको विषयमा त्यहाँको संसदका एक सदस्य जोन तलाटले भने ‘स्वतन्त्रता र भ्रा’मकतामा ठूलो अन्तर छ । एल मेसी र अन्य महिलाहरु सामाजिक संजालमा भिडियो पोस्ट गरेर पारिवारिक मूल्यहरुलाई बर्बाद गरिरहेका थिए जो संविधानको वि’रुद्ध छ ।’

प्रतिकृया दिनुहोस्