नेपाली चलचित्र क्षेत्रमा ‘प्रेम गीत’मार्फत चर्चामा आएकी नायिका पूजा शर्मासँग योहो टेलिभिजनमा रोचक कुराकानी गरकी छिन् ।पूजाले आफूले यति धेरै माया पाउँछु भनेर कहिले पनि नसोचेको बताउँछिन् ।
उनि भन्छिन्- ‘मलाई बनावटी हुन आउँदैन । सबैसँग नजिक हुन चाहन्छु । म मान्छे पनि चिन्छु । त्यसैले, पनि दर्शकले मलाई माया गर्नुभएको होला ।’
चलचित्र क्षेत्रमा आफ्ना लागि राम्रो सोच्ने सबै मानिसहरु विशेष भएको पूजा बताउँछिन् । करिअरमा उतारचढाव आएपनि केही मानिसहरुले आफूलाई सधै साथ दिएको पूजाले बताइन् ।
पूजाले नायिका पूजा र वास्तविक जीवनको पूजामा खासै फरक नभएको बताइन् । तर कलेज पढ्दाको पुजा र अहिलेको पुजमा चाँहि फरक रहेको बताउछिन् । कलेज पढ्दाको जस्तो पुजा भएको भए घरमै गएर फाइट गर्थे होला भन्छिन् । यो उनले सुष्मा कार्कीसँगको बिषयमा इंगित गर्दै बोलेकी हुन् ।
उनले भनिन् ‘पश्चाताप लिनु रामो होइन । किनकी जुन समय बिताइएको छ त्यो समय हामीले निकै रमाइलोसँग बिताएका थियौ । पछि, त्यसलाई सम्झिएर पश्चातप गर्नुको औचित्य रहँदैन ।’
नायिका शर्माको चलचित्र ‘म यस्तो गीत गाउँछु २’, ‘सम्हालिन्छ कहिले मन’ र ‘सम्झना विर्सना’ रिलिजको तयारीमा छन तर कोरोनाका कारण सबै अन्योलमा छ ।
थप भिडियोमा-
प्रतिकृया दिनुहोस्