Sunday, January 24

फाइनलमा पराजित भएसँगै पीएसजीका स्ट्राइकर नेइमार भावुक भएर आँसु झार्दै बाहिरिए ! (भिडियाे)

August 24, 2020 139

काठमाडौं, ०८ भदौ । च्याम्पियन्स लिगको फाइनलमा पराजित भएसँगै पीएसजीका स्ट्राइकर नेइमार भावुक भएर आँसु झार्दै बाहिरिएका छन् । गएराति भएको फाइनल खेल सम्पन्न भइसकेपछि खेलमैदानमा बिपक्षी टिमका खेलाडीहरुसँगा अङ्कमाल गर्दैगर्दा नेइमारले आँसु झार्दै गरेको दृष्य देख्न सकिन्छ ।

बायर्न म्युनिख सँग नेइमार आबद्ध टिम पीएसजी फाइनल खेलमा १-० ले पराजित भएको थियो । स्थापना कालको ५० औँ बर्षमा पहिलोपटक फाइनलमा पुगेको थियो । यहाँसम्म आइपुग्दा उपाधि जित्ने अपेक्षा गरेका नेइमार सहित टिमका अन्य सदस्यहरु पनि नेइमारको आँसुमा भावुकता प्रकट गर्दै निरास भएका थिए ।

पीएसजीका भरपर्दा खेलाडी नेइमारले आफ्नो संबद्धतामा क्लबलाई उपाधि जिताउन चाहन्थे । तर बायर्न म्युनिखसँग पराजित भएसँगै उनको सपना चकानाचुर भएको छ । ब्राजिलियन राष्ष्ट्रिय टिमका खेलाडी नेइमारले पीएसजीलाई फाइनलसम्म पुर्याउन ठूलो योगदान गरेका छन् । तर उनले सोचेअनुसार खेललाई प्रदर्शन गर्न सकेनन् । यद्यपि उनले च्यापियन लिगको यो सिजनमा सिजनमा पिएसजीबाट २६ खेल खेल्दै १९ गोल गरेका छन् भने १२ गोल असिष्ट समेत गरेका छन् ।

यो सिजनमा उपाधिबाट बञ्चित भएको बखत आवेगमा आएर आँसु झार्दै गर्दा पिएसजीका स्पोर्टिंग निर्देशक लियोनार्दोले सम्झाइरहेको दृष्यमा कैद भएको छ । २०१७ मा बार्सिलोना छाडेर पीएसजी आएका थिए । पीएसजीले उनलाई तत्कालीन समयमा विश्वकै सबैभन्दा बढी मुल्यमा किनेको थियो । नेइमार बार्सिलोनामै रहेका बेला २०१५ को च्याम्पियन लिगको उपाधि जितेका थिए । त्यो समय बार्सिलोनाले युभेन्टसलाई ३-१ गोलले पराजित गरेको थियो ।

बार्सिलोनाको ३ गोल मध्ये नेइमारले १ गोल गरेका थिए । नेइमार पछिल्लो केही बर्षयता विवादित बन्दै आएका छन् । उनले पीएसजी छोड्ने चर्चासमेत चलेको थियो । तर कोरोना भायरसको महामारी यता पीएसी छोड्ने चर्चा कम भएको छ ।

सम्भवत उनी कम्तिमा २ बर्ष पीएसजी मै रहनसक्ने अनुमान पनि गरिदै आएको छ । किनकी उनी टिमका सदस्य रहेकै बेला पीएसजी पहिलोपटक फाइनल पुगेको छ । अघिल्लो सिजनमा उनी चोटका कारण च्याम्पियन लिग खेल्न सकेका थिएनन् ।

(भिडियाे)


प्रतिकृया दिनुहोस्