Thursday, March 4

२४ घण्टामा २८१ जनाले जिते कोरोना विरुद्धको ‘लडाइँ’

August 23, 2020 84

काठमाडौं- पछिल्लो २४ घण्टामा थप २८१ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण भएर निको हुनेको संख्या हालसम्म १८ हजार ६३१ पुगेको छ ।

उनीहरू देशका विभिन्न स्थानका अस्पतालबाट संक्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको हो।यसअघि शनिबारको तथ्यांकअनुसार नेपालमा कोरोना संक्रमणमुक्त हुनेको संख्या १८ हजार ३५० थियो ।

मन्त्रालयका अनुसार शनिबारसम्म कोरोनाका कारण ज्यान गुमाउनेको संख्या १४६ पुगेको थियो । आज थप ३ जनाको कोरोनाले मृ-त्यु भएसँगै ज्यान गुमाउनेको संख्या १४९ पुगेको छ ।

प्रतिकृया दिनुहोस्