August 23, 2020 108
राैतहट – नुहाउन गएका तीन बालिका गढीमाई नगरपालिका वडा नम्बर ७ धरमपुरघाटस्थित बाग्मती नदीमा आज बेपत्ता भएका छन् ।
ऋषिपञ्चमीका अवसरमा बिहान करीब १० बजे टोलका अन्य महिलासँग नुहाउन गएका बालिकाहरु नुहाउँदा नुहाउँदै अचानक बेपत्ता भएको स्थानीयवासी महिलाले बताएका छन् ।
घटनाको खबर आएपछि इलाका प्रहरी कार्यालय समनपुरका प्रहरी नायब निरीक्षक क्षेत्रबहादुर बरुवालको नेतृत्वमा गएको प्रहरी तथा सशस्त्र बेश क्याम्प समनपुरको प्रहरी टोली घटनास्थलमा पुगेर खोजतलास शुरु गरेको प्रहरी उपरीक्षक खड्काले जानकारी दिनुभयो । अन्य दिनका तुलनामा आज पानीको बहाव तीव्र रहेको रौतहट प्रहरीले जनाएको छ ।
प्रतिकृया दिनुहोस्