Friday, February 26

कोरोनाबाट नेपालमा थप ३ जनाको मृ-त्यु, ८१८ संक्रमित थपिए, उपत्यकामा थपिए १६६ संक्रमित

August 23, 2020 114

काठमाडौं : नेपालमा थप ८ सय १८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमित हुनेको संख्या ३१ हजार ९ सय ३५ पुगेको छ । विगत २४ घण्टामा ८ हजार २६ वटा नमुनाको पीसीआर विधिबाट परीक्षण गर्दा थप ब्यक्तिमा संक्रमण पुष्टि भएको हो ।

काठमाडौं उपत्यकामा कोरोना भाइरसका १ सय ६६ संक्रमित थपिएका छन् । काठमाडौंमा १ सय २६ संक्रमित थपिएका छन् भने ललितपुरमा १२ र भक्तपुरमा २८ जना संक्रमित थपिएका छन् । त्यस्तै धनुषमा, ५०, मोरङमा ५०, पर्सामा १ सय ४९, महोत्तरीमा ३४, नवलपरासीमा ३०, बाँकेका ११, रुपन्देहीमा २८, अछाममा २३ जनामा संक्रमण पुष्टि भएको छ ।

अहिले देशभर १३ हजार १ सय ५५ जना संक्रमित आइसोलेसनमा छन । तिमध्ये ३ हजार ९ सय ४३ होम आइसोलेसनमा र बाँकी विभिन्न स्वास्थ्य संस्थामा उपचार गराइरहेका छन् । संक्रमितमध्ये १ सय ३७ जनाको आइसीयुमा र १० जना भेन्टिलेटरमा उपचार गराइरहेका छन् । पछिल्लो २४ घण्टामा २ सय ८१ जना भाइरसमुक्त भएका छन् ।

योसँगै कोरोना भाइरस संक्रमण मुक्त हुनेको संख्या १८ हजार ६ सय ३१ पुगेको छ । अहिले देशभरि क्वारन्टीनमा ११ हजार ७ सय १४ जना मानिस रहेका छन् । कोरोना भाइरस संक्रमण परीक्षणका लागि हालसम्म छ लाख ४ सय ४४ पीसीआर नमूना परीक्षण गरिएको छ ।

यस्तै गत २४ घण्टामा कोरोना भाइरस संक्रमणवाट तीन जनाको मृ-त्यु भएको छ । झापाका ५८ वर्षीय पुरुष, पर्साकी ५६ वर्षीया महिला र सर्लाहीकी ३३ वर्षीया महिलाको संक्रमणबाट मृ-त्यु भएको छ । योसँगै कोरोनावाट मृ-त्यु हुनेको संख्या एक सय ४९ पुगेको छ ।

प्रतिकृया दिनुहोस्