Monday, March 8

दोहोरियो रुकुम घ टना : अन्तरजातिय प्रेम विवाहका कारण गुम्यो एक महिलाको ज्या,न,,

August 23, 2020 250

काठमाडौ । रुकुम घटना सेलाउन नपाउँदै सिरहामा पनि जातकै कारण एक महिलाको ज्या,न गएको छ । गाउँकै ब्यक्ति मिलेर एक महिलाको ज्या,न लिएका हुन् । सिराहाको अर्नमा गाउँपालिका–५ कृष्णपुर बेल्दरही टोलका ५० वर्षीया सीतादेवी राउतकोे निधन भएको हो । मंगलबार राति सामूहिक कु’ट पि’टबाट निधन भएको छ । यो घटना पनि रुकुम घटना जस्तै जातका कारण भएको स्थानिय अगुवाको भनाई छ ।तत्कालको वहाना पैसाको लेखदेन देखिएपनि अन्तरजातिय विवाहका कारण गाउँलेले बहिष्कार गरेका कारण निम्तिएको दुर्घटना भएको स्थानिय अगुवाको भनाइ छ ।

घटनामा विन्देश्वरदेवी राउत, नागेन्द्रकुमार राउत, पूजाकुमारीदेवी राउत, रोहितकुमार राउत घाइते भएका छन्। स्थानीय सीताराम राउत, बुधेश्वर राउत, बालदेव साहलगायतले सीतादेवीको घरमै पुगेर कु’ट पि’ट गरेका थिए ।यो गाउँमा ६३ घर परिवार बेलदार (राउत) समुदायको बसोबास छ। दयानन्द राउतकी छोरीले चार वर्षअघि यादव समुदायसँग प्रेम विवाह गरेपछि त्यहाँ जातियताको संघर्ष सुरु भएको हो ।

यादवको छोरासंग छोरीको विवाह भएपछि दयानन्दलाई गाउँलेले वहिष्कार गरेका थिए । चार दाजुभाइ मध्यका एउटा भाई सहदेव जातीय माइन्जन (मुखिया) थिए। अन्तरजातिय विवाहका कारण गाउँलेले मुखिया फेर्ने निर्णय गरेका थिए । छोरी यादव परिवारमा बुहारी भएर गएपनि उनीहरुले परिवारमा स्वीकार गरेका कारण गाउँले मुखिया परिवर्तन गर्न चाहन्थे ।

प्रतिकृया दिनुहोस्