Friday, March 5

कागेश्वरी मनोहरामा ७५ कोरोना संक्रमित, वीरेन्द्रचोक शील !

August 23, 2020 155

काठमाडौँ – कागेश्वरी मनोहरा नगरपालिकामा कोरोना भाइरस संक्रमितको संख्या ७५ पुगेको छ। पछिल्ला दिनहरुका लगातार संक्रमित फेला परेसँगै कागेश्वरी मनोहरा नगरपालिकामा संक्रमितको संख्या ७५ पुगेको हो।

पछिल्लो २४ घण्टा भित्र मात्रै त्यहाँ तीन जना कोरोना संक्रमित फेला परेका छन्। नगरपालिकाका थप तीन जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको नगरप्रमुख कृष्णहरि थापाले बताएका छन्।

नगरपालिकामा एकै परिवारका चारपाँच जनासम्ममा कोरोना सरेको पाइएको नगरप्रमुखको भनाई छ। संक्रमण फेला परेका क्षेत्रहरुलाई शील गरिएको उनले बताए।

एकै परिवारका धेरैमा कोरोना भाइरस संक्रमणको पुष्टि भएपछि वीरेन्द्रचोक शील गरिएको छ। एकै परिवारका चार जनालाई कारोना संक्रमण पुष्टि भएपछि वीरेन्द्रचोक शील गरेको गरिएको नगरपालिकाका स्वास्थ्य शाखा अधिकृत लक्ष्मी कोइरालाले बताएकी छन्। उनका अनुसार वडा ७, ८ र ९ मा अन्य वडामा भन्दा बढी संक्रमित भेटिएका छन्।

प्रतिकृया दिनुहोस्