Friday, March 5

काठमाडौंमा कोरोना संक्रमणकाे दर बढ्नु संघिय सरकारको लापरवाही : मदनसुन्दर श्रेष्ठ

August 23, 2020 126

भक्तपुर, ०७ भदाै । काठमाडौं उपत्यकामा कोरोना संक्रमितको संख्या बढ्नुमा संघिय सरकारको लापरवाही प्रमुख कारण भएको उपत्यका नगरपालिका फोरमका सचिब एवं मध्यपुर थिमि नगरपालिकाका प्रमुख मदनसुन्दर श्रेष्ठले आरोप लगाएका लगाउनुभएको छ ।

संघिय सरकारलाई उपत्यका प्रबेशका नाकाहरु बारम्बार कडाई गर्न आग्रह गरेतापनि त्यसतर्फ सरकारले ध्यान दिन नसक्दा अहिले उपत्यकामा दैनिक २०० भन्दा बढी संक्रमित देखिएको उहाँको भनाइ छ । कोरोना संक्रमितको संख्या उपत्यकामा ह्वातै बढेसँगै आइसोलेसन तथा भोन्टिलेटरसहितको आइसियू वार्डको अभाव रहेको र संक्रमितहरु होम आइसोलेसनमा बस्न बाध्य भएको उहाँले बताउनुभयो ।

उपत्यका नगरपालिका फोरमले स्थानीय सरकारले आइसोलेसन र क्वारेन्टाईन सञ्चालन गर्न नसक्ने बारम्बार संघिय सरकारलाई जानकारी दिँदा पनि संघिय सरकारले बेवस्ता गरेका उहाँको आरोप छ ।
भक्तपुरमा संक्रमितहरुको ब्यवस्थापनका लागि नेपाल बिद्युत प्राधिकरण तालिम केन्द्र खरिपाटी, भक्तपुर अस्पताल, केएमसी अस्पताल, दुवाकोट, नेपाल कोरिया मैत्री नगरपालिका अस्पताल र शहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा गरि झन्डै ८ सयदेखि एक हजार वार्डको आइसोलेसनको तयारी गरिरहेको उहाँले जानकारी दिनुभयो ।

भक्तपुरमा देखिएका संक्रमितको उपचार खर्च भक्तपुरका चारैवटा नगरपालिकाले समानुपातिक तवरले ब्यहोर्ने बताउनुभयो । यसैगरी, भक्तपुरमा शनिबारसम्म ४ हजार ३१० जनाको पीसीआर परीक्षण भएकोमा २४७ जनामा कोरोना संक्रमण देखिएको जिल्ला स्वास्थ्य कार्यालय भक्तपुरले जनाएको छ । संक्रमित मध्ये ६० जना उपचार पछि घर फर्किसकेका छन् ।

भक्तपुरमा देखिएका संक्रमित मध्ये ९५ प्रतिशत जिल्ला बाहिरबाट आएका रहेको जिल्ला स्वास्थ्य कार्यालयका म.इ अधिकृत उर्मिला आर्चायले जानकारी दिनुभयो । भक्तपुरमा देखिएका संक्रमितहरुमा स्थानीय नभएर भक्तपुरमा बसोबास गर्ने रहेको बताउँदै उहाँले भक्तपुरमा कोरोना समुदाय स्तरमै फैलिसकेको र डरलाग्दो अवस्थातर्फ अघि बढेको बताउनुभयो । उहाँका अनुसार भक्तपुरमा १० परिवारमा संक्रमण फैलिएको छ ।

प्रतिकृया दिनुहोस्