Friday, February 26

नि’षेधाज्ञा फेरि एक साता थपियो, किनमेलका लागि बिहान ८ बजेदेखि १० बजे

August 23, 2020 31

काठमाडौ, ७ भदौ । बैठकले अत्यावश्यक बाहेकका सबै प्रकारका व्यवसाय सञ्चालन गर्न नदिने निर्णय गरेको छ । अति आवश्यकीय वस्तु ढुवानी, एम्बुलेन्स, शवबवहन र राजमार्ग भएर गुड्ने सवारी साधन (जिल्लाभित्र चढ्न ओर्लन नपाउने गरी) बाहेक सबै प्रकारका निजी र भाडाका सवारी साधन सञ्चालन नगर्ने निर्णय गरिएको पौडेलले बताए ।

कपिलवस्तुमा जारी निषेधा’ज्ञा ८ दिन थप गरिएको छ । जिल्ला को’रोना संकट व्यवस्थापन समिति (डीसीसीएमसी) को आइतबार बसेको बैठकबाट कोरो’नाको जो’खिम कायमै रहेकाले भदौ १५ गते राति १२ बजेसम्म निषे’धाज्ञा थप गर्ने निर्णय गरिएको प्रमुख जिल्ला अधिकारी दीर्घनारायण पौडेलले बताए ।यसअघि जारी गरिएको निषे’धाज्ञा भदौ ७ सम्म थियो ।

बैङ्क तथा वित्तीय संस्थाहरुले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले स्वास्थ्य मापदण्ड अपनाएर दैनिक (कार्यालय दिन) विहान ८ बजेदेखि विहान १० वजेसम्म न्यूनतम कर्मचारीबाट सेवा प्रवाह गर्न सकिने छन् ।

उद्योग धन्दा, कलकारखानाको हकमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जारी गरेको न्युनतम स्वास्थ्य मापदण्ड अपनाइ सञ्चालन गर्न पाउने छन् ।अत्यावश्यकबाहेक सरकारी कार्यालयहरुबाट प्रदान गर्ने सेवा पूर्ण रुपमा ब’न्द गर्ने निर्णय गरेको छ । खाद्यान्न तथा तरकारी किनमेलका लागि दैनिक बिहान ८ बजेदेखि १० बजेसम्मको समय छुट्याइएको छ ।

प्रतिकृया दिनुहोस्