Saturday, February 27

पहिरो पन्छाउँदा भेटिएकी सानुमायाकी आमा छोरीको तस्बिरले र’साए सबैका आँखा

August 23, 2020 201

सिन्धुपाल्चोक— जुगल गाउँपालिका–२ लिदी, लामागाउँ दस दिनयता निरन्तर शो’कमा छ । गाउँ नै छोपिने गरी खसेको पहिरोबाट दिनहुँजसो श’व निकालिँदै छन् । शनिबार पनि उद्धार टोलीले पहिरो पन्छाएर दुई श’व निकाल्यो । केही दिनयता चित्त बुझाउन थालेका स्थानीयले यो दृश्य देख्दा भने मन थाम्न सकेनन् ।

पहिरोले प्राण लगिसक्दा पनि ३५ वर्षीया सानुमाया दोङ चारवर्षे छोरी करिस्मालाई पि’ठ्युँमा बोकिरहेकै थिइन् । त्यो अवस्थामा एकसाथ आमाछोरीको श’व देख्दा स्थानीयका आँखा भरिएर आए । सुरक्षाकर्मी पनि मास्क मिलाउने बहानामा आँसु लुकाइरहेका थिए । उनीहरू गल, कोदालो र पिक थन्क्याएर एक छिन सुस्ताए । ‘साँच्चै मान्छे म’र्दा पनि आमाको माया नमर्ने रहेछ, यो दृश्यले रोकेर राखेको मनलाई रुवाएरै छाड्यो,’ एक सुरक्षाकर्मीले भने ।

इलाका प्रहरी जलबिरेका प्रहरी निरीक्षक हरि भट्टराईका अनुसार आमाछोरी दुवैको दाह’संस्का’र सकिए पनि त्यो दृश्यले अझै सबैलाई रुवाइरहेकै छ । सानुमाया गाउँकी सबैकी प्यारी थिइन् । लिदीमा अधिकांशलाई नेपाली भाषा कम आउने भएकाले उनी तामाङ भाषामै कुरा गर्थिन् । गाउँभरका बालबालिका र गर्भवतीको विशेष ख्याल राख्थिन् ।

नौ दिनपछि श्रीमतीको श’व भेटिँदा च्याङ्बा विक्षिप्त छन् । पहिरो आउँदा श्रीमान् च्याउ खोज्न र सासू बाहिर काममा गएका थिए । पहिरोको ड’रले राति माथिल्लो गोठमा बस्दै आएको परिवार बिहान पाँच बजेतिर मात्रै लामागाउँको पुरानो घर फर्किएको थियो ।

आमाछोरीको श’व निकालिएलगत्तै आकाश रो’एझैं एक्कासि पानी दर्किन थाल्यो । पहिरोमा पुरिएका अन्नपात र पशु कुहिएकाले गाउँमा दु’र्गन्ध फैलिएको छ । त्यसलाई रो’क्न ‘क्लो’रिन’ छर्किए पनि केही असर गरेको छैन । मास्ककै भरमा पहिरो पन्छाइरहेका सुरक्षाकर्मी र स्थानीय वर्षातसँगै पहिरो आउने ड’रले उत्खनन रो’के ।

पहिरोमा पुरिएका १७ घरका ३९ जनामध्ये आइतबार बिहानसम्म ३२ को श’व फेला परेको छ । तिनमा सत्र बालबालिका, दस महिला र पाँच पुरुष छन् ।

प्रतिकृया दिनुहोस्