Thursday, February 25

फेरी आयो खुशीको खबर, रुसले कोरोना विरुद्धको दोस्रो भ्याक्सिन बनाउने काम अन्तिम चरणमा, जसले २ डोजमा कोरोनालाई निर्मुल पार्ने दाबी

August 23, 2020 132

काठमाडौं। विश्व नै कोरोनाको भ्याक्सिनको निर्माणमा लागिपरिरहेका बेला रुसले फेरी अर्को चामत्कारिक काम गरेको छ । विश्वकै पहिलो सफल कोरोनाभाइरस भ्याक्सिन तयार गरेको दाबी गर्दै आएको रुसले फेरी अर्को कोरोना भ्याक्सिन पनि तयार पारेको जानकारी दिएको छ ।

रुसले आफ्नो पहिलो भ्याक्सिनका जुन साइड इफेक्ट देखिएका थिए ती साइड इफेक्ट दोस्रो भ्याक्सिनमा नभएको पनि दावी गरेको बीबीसीले जनाएको छ ।

इपिभ्याककोरोना भ्याक्सिनको क्लिनिकल ट्रायल सेप्टेम्बरमा पूरा हुने डेलीमेलको हालै सार्वजनिक एक रिपोर्टमा उल्लेख छ । जसमा ट्रायलका क्रममा जुन ५७ स्वयंसेवकहरुलाई भ्याक्सिन लगाइएको थियो उनीहरु कसैले पनि साइड इफेक्टको सामना गर्नु नपरेको अनुसन्धानमा सक्रिय वैज्ञानिकहरुले उल्लेख गरेका छन् ।

रिर्पोटका अनुसार हिलो डोजको १४ देखि २१ दिनमा दोस्रो डोज लगाइने र यसले पूर्ण रुपमा काम गर्ने रुसको औषधी उत्पादक कम्पनीले जनाएको छ ।

कम्पनीका अनुसार आफ्नो पहिलो भ्याक्सिनका जुन साइड इफेक्ट देखिएका थिए ती साइड इफेक्ट दोस्रो भ्याक्सिनले विश्वभर मान्यता पाउने दाबी गरिएको छ ।

प्रतिकृया दिनुहोस्