Thursday, January 21

भारतमा को रोना सं क्रमण बढ्दै गएपछि माइती र ससुराली भन्दै नेपालमा पाहुना लाग्न आउनेको लर्को

June 28, 2020 353

विराटनगर। खुला सीमा नाकाको फाइदा उठाउँदै माइती–ससुराली आउनेको लर्को लाग्ने गरेपछि मोरङको दक्षिणवर्ती सीमा क्षेत्रका स्थानीयवासी पिरोलिएका छन् ।भारतमा कोरोना भाइरस ९कोभिड–१९० सङ्क्रमणको सन्त्रास बढ्दै गएपछि नेपाललाई सुरक्षित मान्दै पाहुना लाग्न आउनेको सङ्ख्या बढेपछि सीमावर्ती क्षेत्रका नागरिक चिन्तामा परेका हुन् ।नेपाल–भारतको मुख्य नाका रानी–जोगवनीमा ढाट लागेको छ तर रानीढाट एक किलोमिटर पूर्व मटेर्वा र इस्लामपुरादेखि सुनवर्षी नगरपालिका डायनियासम्म खुला सीमा नाका छ ।

खुला सीमा नाकाको ६३ किलोमिटर दूरी क्षेत्र दिनभर सुनसान हुने गरे पनि साँझ परेपछि माइती–ससुरालीका पाहुनाको ताँती लाग्ने गरेको छ ।मोरङको दक्षिणवर्ती क्षेत्रमा बसोबास गर्ने मधेसी समुदायसँग सीमापार भारतीय क्षेत्रको संस्कृतिदेखि ज्वाइँ र बुहारीको नाता छ । वैध र अवैध दुवै खालको व्यापारदेखि नाता सम्बन्ध जोडिएका क्षेत्र भए पनि कोरोना सन्त्रासबाट जोगिन नेपाल आउनेबाट दक्षिणी क्षेत्रका बासिन्दा भने अहिले चिन्तामा छन् । यो समाचार आजको गोरखापत्र दैनिकमा छ ।

अस्पतालले मृ’त भन्यो, परिवारले श्र’द्धाञ्जली दिए, तर मानिस जीवितै

अमेरिका स् मिडियाहरुमा एकाएक एउटा समाचार फैलियो कोरोनाबाट अमेरिका ४ नेपालीको मृ’त्य । न्युयोर्क शहरमा बस्दै आएका ४० वर्षीय सोनाम लामा, ४८ वर्षीय थोक्मे बिष्ट, ङिमा टेम्बा शेर्पा र अजयमान छोचुको नि’धन भएको खबर राष्ट्रिय समाचार समितिले प्रविष्ट गरेको थियो। तर को’रोना ९कोभिड(१९० संक्रमणबाट अमेरिकामा नि’धन भएका भनिएका ङिमा तेम्बा शेर्पा जीवितै रहेको उनका परिवारजनले जानकारी दिएका छन्। ज्यान गु’माएका भनिएका ङिमा टेम्बा शेर्पा जीवितै रहेको निजका दाजु ल्हाक्पा युला शेर्पाले जानकारी दिएका छन्।

अस्पतालले नै ङिमा टेम्बाको परिवारलाई बि’रामी काम नलाग्ने अवस्थामा पुगेको जानकारी दिएपछि उनको नाममा परिवारले पूजापाठ लगाएको थियो भने इन्टरनेट सामाजिक सञ्जालहरुमा श्र’द्धाञ्जली समेत दिइएको थियो। तर आज बिहान अस्पतालमा सम्पर्क गर्दा ङिमाको मुटु चलिरहेको जानकारी प्राप्त भएको दाजु ल्हाक्पाले उल्लेख गरेका छन्। अस्पतालले दिने सूचनामा भर पर्नुपर्ने भएकाले ङिमाका सम्बन्धमा उत्पन्न भएको द्वि’विधाप्रति उनका आफन्तजनले क्ष’मा मागेका छन्। ‘सामाजिक सञ्जाल फेसबुकमार्फत भाइको मृ’त्युको खबर साथीभाइ, आफन्त तथा शुभचिन्तकलाई आफैंले दिएका हौं’ ।

निमाका दाजु ल्हाक्पाले भने, ‘हामीले मृ’त आ’त्माको ची’र शान्तिको कामना गर्दै पुजापाठ समेत सुरु गरेका थियौं।’ ल्हाक्पा शेर्पाले अस्पतालले निमालाई ब’चाउन नसकिएको खबर आफूहरुले पाए अनुसार नै हामीले उनको चीर शा’न्तिका लागि सबैलाई खबर गरेका थियौँ, उनले भनेका छन् ।‘हामीले दिएको जानकारी अनुसार नै शुभचिन्तकहरुले श्र’द्धाञ्जलीसमेत लेखेका हुन्, हाम्रै गल्तीले यसो भएकाले यसलाई हामी अन्यथा लिँदैनौं । आफूहरु पनि अस्पतालकै सू’चनाको भर पर्नुपर्ने भएकाले यसबाट हुन गएको दुबिधाप्रति क्ष’मायाचना गरेका छन् ।
उनले भनेका छन्,‘हामी सबैले उहाँको स्वास्थ्य लाभका लागि प्रार्थना गरौं।’ वाणिज्य दूतावास न्यूयोर्कका कार्यबाहक महावाणिज्यदूत पुष्पराज भट्टराईले आफूलेसमेत निमाका दाजु र अन्य आफन्तसँग कुराकानी गरेर पक्का भएपछि मात्रै खबर सार्वजनिक गरेको स्वीकारेका छन्। उनले त्यही आधारमा पत्रकारलाई सू’चना दिएको उल्लेख गरेका छन्।

अस्पतालको आइसोलेसनबाट भागेका युवा आफन्तको घरमा भेटिए

उदयपुर । उदयपुरको कटारी अस्पतालको आइसोलेसनबाट भागेका एक जना खोटाङमा भेटिएका छन् । भारतको सिलीगुढी हुँदै काँकडभिट्टाबाट घर फर्कनेक्रममा कटारी आइसोलेसनमा राखिएको अवस्थामा भागेका उदयपुर ताप्ली गाउँपालिका–४ ठानागाउँका ३९ वर्षीय किर्तीमान नेपाली हलेसी तुवाचुङ नगरपालिका–५ दुर्छिमको हैदेमा आफन्तको घरमा बसिरहेको अवस्थामा फेला परेका हुन् ।छोरीको घरमा आएर बसि रहेको जानकारीका आधारमा नेपालीलाई आइतबार नियन्त्रणमा लिएर क्वारेन्टाइनमा राख्ने तयारी गरिएको हलेसी तुवाचुङ नगरपालिकाका मेयर इवन राईले बताए ।

किर्तीमानको सम्पर्कमा रहेका दुई परिवारका आठ जनालाई समेत दुर्छिम स्वास्थ्य चौकीको क्वारेन्टाइनमा राख्ने तयारी गरिएको छ ।उनी तीन दिन अघि आफन्तको घरमा आइपुगेको मेयर राईले बताए । चैत १२ गते कटारी आइपुगेका नेपाली मोवाईल, लुगाफाटा, झोला अस्पतालमै छाडेर चैत १४ गते भागेको बताइएको छ । २१ जनाको समूहमा कटारी आइपुगेका उनलाई ज्वरो देखिएपछि आइसोलेसनमा राखिएको थियो ।

कोरोनाविरुद्धको अभियानमा ५० हजार स्वास्थ्य स्वयंसेविका परिचालन गर्ने सरकारको निर्णय

काठमाडौं( सरकारले कोरोनाविरुद्धको अभियानमा स्वास्थ्य स्वयंसेविका परिचालन गर्ने निर्णय गरेको छ। देशभर ५० हजार भन्दा बढी स्वास्थ्य स्वयंसेविका रहेको र स्थानीयस्तरमा नै उनीहरूको पहुँच हुने भएकाले परिचालन गर्ने निर्णय भएको कोरोना रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समितिले जानकारी दिएको हो। समितिको आइतबार संहदरबारमा बसेको बैठकले कोरोना नियन्त्रणमा देशभरका स्वयंसेविका परिचालन गर्ने निर्णय गरेको हो। यसरी खटिने स्वयंसेविकाको पारिश्रमिक र बीमाको व्यवस्था हुने प्रधानमन्त्री कार्यालयका सचिव तथा समितिका सदस्यसचिव नारायण बिडारीले बताए।

बैठकले विपद् र माहामारीको समय भएकाले औषधि, उपकरणको खरिद सार्वजनिक खरिद ऐनको प्रावधानअनुसार जिटुजीबाट विदेशी सरकारबाट किन्न सक्ने र कानुनमा तोकिएकै प्रावधानअनुसार प्रतिस्पर्धात्मक बाटोबाट निजी क्षेत्रबाट खरिद गर्न सक्ने गरी दुवै विकल्प अवलम्बन गर्ने निर्णयसमेत गरेको छ। यसअघि क्वारेन्टिनमा बसेकाहरूमा लक्षण नदेखिएपछि विना परीक्षण घर पठाउने गरिएकोमा अब त्यस्ता व्यक्तिलाई परीक्षणपछि मात्रै घर जान दिने निर्णय पनि सरकारले गरेको छ ।
लकडाउन बढाउन सिफारिस, फेरि एक हप्ता थपिने

काठमाडौं। कोरोना रोकथाम तथा नियन्त्रण समन्वय उच्चस्तरीय समितिले सरकारले घोषणा गरेको पूर्ण लकडाउनलाई निरन्तरता दिन सिफारिस गरेको छ । कोरोना रोकथाम तथा नियन्त्रण समन्वय उच्चस्तरीय समितिको आइतबार बसेको १७ औँ बैठकले लकडाउनलाई निरन्तरता दिन सिफारिस गर्ने निर्णय गरेको हो।

सङ्क्रमणको जोखिम कम गर्न लकडाउन प्रभावकारी भएको निष्कर्षसहित यसलाई एक हप्ताका दरले निरन्तरता दिनुपर्ने निष्कर्षमा पुगेको स्रोतले जानकारी दिएको छ । लकडाउनलाई निरन्तरता दिने समितिको सिफारिसलाई भने सोमबार बस्ने मन्त्रिपरिषद बैठकले अनुमोदन गर्नुपर्नेछ।

प्रतिकृया दिनुहोस्