Wednesday, March 3

नेपालमा कोरोनाबाट मृ-त्यु हुनेको संख्या १४६ पुग्यो

August 22, 2020 146

काठमाडौँ — कोरोना संक्रमणबाट २४ घन्टामा थप ९ जनाको मृ-त्यु भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शनिबार आयोजित कोभिड १९ प्रेस ब्रिफिङमा सुनसरी, पर्सा, बारा, सिराह, मकवानपुर र भक्तपुरका संक्रमितको मृ-त्यु भएको औपचारिक रुपमा पुष्टि गरेको हो ।

मन्त्रालयका अनुसार मृ-त्यु हुनेमा सुनसरीका २ जना रहेका छन् । सुनसरीका ६ वर्षीया बालिका र ६७ वर्षीय पुरुषको मृ-त्यु भएको हो । पर्साका ६१ वर्षीय, ५८ वर्षीय र ४८ वर्षीय पुरुषको कोरोना संक्रमणले मृ-त्यु भएको छ ।

बाराका ५८ वर्षीय, सिरहाका ६८ वर्षीय, मकवानपुरका ५६ वर्षीय र भक्तपुरका ७३ वर्षीय व्यक्तिको मृ-त्यु भएको हो । यो सँगै नेपालमा कोरोना संक्रमणबाट मृ-त्यु हुनेको संख्या १४६ पुगेको छ ।

प्रतिकृया दिनुहोस्