Friday, February 26

दै’व पनि कति नि’ष्ठुरी: काठमाडौमा १५ दिने शिशुमा कोरोना संक्रमण, सबै मिलि स्वास्थ लाभको कामना गरौ

August 22, 2020 155

काठमाडौंको नागार्जुन नगरपालिकामा १५ दिनको शिशुमा नोवल कोरोना भा’इरस (कोभिड-१९) संक्रमण देखिएको छ । ती शिशुको बिहीबार पोजेटिभ रिपोर्ट आएको नगरपालिकाको स्वास्थ्य शाखामा कार्यरत एक अधिकारीले जानकारी दिए ।‘कन्ट्या’क्ट ट्रेसिङ’ का क्रममा शिशुको कोरोना परीक्षण गरिएको थियो । गत सोमबार ती शिशुका ३४ वर्षीय बुबालाई सास फेर्न गा’ह्रो भएपछि सातदो’बाटो’स्थित एक निजी अस्पताल लगिएको थियो । अस्पतालले बिरामीको उपचार गर्न नमानेपछि पाटन अस्पताल पुर्‍याइयो ।

उनका बाबु मार्केटिङ रि’प्रे’जेन्टे’टिभ हुन् । उनीबाट नै शिशुमा कोरोना स’रेको बताइएको छ। पाटन अस्पतालले उपचार त गर्‍यो तर आ’ई’सीयू नपुग्ने भनेपछि फेरि म’ण्डिखा’टरस्थित निजी अस्पताल पुर्‍याइयो’ उनका एक आफन्तले भने, ‘परीक्षण गर्दा उहाँको रिपोर्ट पोजेटिभ आयो ।’ त्यसपछि शिशुको आमा र हजुरबुबाको समेत रिपोर्ट पोजेटिभ आएको छ । एकाघरमा बस्दै आएका शिशुका हजुरआमा र काकाको भने रिपोर्ट ने’ग’टिभ आएको छ । नवजात शिशुबाहेक सबैको परीक्षण निजी प्रयोगशालामा गरिएको नगरपालिका स्रोतले जानकारी दिएको छ।

 

प्रतिकृया दिनुहोस्