Monday, March 8

नेपालमा आज १ सय ३६ जनाले कोरोनालाई जितेर घर फर्किए

August 22, 2020 82

काठमाडौं । नेपालमा आज १ सय ३६ जनाले कोरोनालाई जितेर घर फर्किएका छन् । यो सँगै नेपालमा कोरोनालाई जितेर घर फर्किनेको संख्या १८ हजार ३ सय ५० पुगेको छ ।त्यस्तै आजमात्रै काठमाडौँ उपत्यकामा पछिल्ला दिनमा झनै डरलाग्दो तरिकाले कोरोना संक्रमण बढीरहेका बेला आज एकै दिन २१६ जनामा संक्रमण पुष्टि भएको छ ।

आज काठामडौँमा २१६ जनामा संक्रमण पुष्टि भएकोमध्ये काठमाडौं जिल्लामा १६० जना, ललितपुरमा ६ र भक्तपुरका ५० जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा नेपालमा ६ सय ३४ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयले नियमित पत्रकार सम्मेलनमा जानकारी दिँदै देशभरका प्रयोगशालामा १२५१९ स्वाब परीक्षण गर्दा देशभर ६३४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

प्रतिकृया दिनुहोस्