Saturday, March 6

बारामा ४८ जना कोरोना संक्रमित थपिए, आइसोलेसन अभावका कारण संक्रमितहरु घरमै बस्न बाध्य

August 22, 2020 105

बारा, ६ भदौ । बारामा शुक्रबार र शनिबार (हिजो र आज) गरी थप ४८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जिल्ला प्रहरी कार्यालय, बाराका अनुसार संक्रमित हुनेहरुमा सशस्त्र प्रहरीदेखि थुनुवा ब;न्दीहरु समेत रहेका छन् ।

भद्रकाली गण पिलुवामा कार्यरत दुई सशस्त्र प्रहरी र ५ जना थुनुवा ब;न्दीहरु समेत कोरोना पुष्टि भएको छ । संक्रमित थुनुवा ब;न्दी जिल्ला प्रहरी कार्यालय, बाराको थुनुवा कक्षमा रहेका व्यक्ति हुन् ।

यही भदौ २ गते जीतपुर सिमरा उपमहानगरपालिकास्थित कोरोना अस्थाई अस्पतालमा १ सय ८९ जनाको स्वाब संकलन गरी काठमाडौं पठाइएको थियो । जसमध्ये ४० जना व्यक्तिमा कोरोना पोजेटिभ देखिएको प्रहरी प्रवक्ता प्रहरी नायव निरीक्षक गौतम मिश्रले जानकारी दिए ।

स्वाब संकलन गरिएका व्यक्तिहरु कन्ट्याक्ट ट्रेसिङ र लक्ष्यण देखिएका व्यक्तिहरु रहेको समेत प्रहरीले जनाएको छ । संक्रमितहरुलाई जिल्लामा रहेको एक मात्र शैक्षिक तालिम केन्द्रमा रहेको आइसोलेसनमा ल्याउने कार्य भइरहेको समेत प्रहरीले जनाएको छ ।

आइसोलेसनको अभाव

पछिल्लो समय बारामा संक्रमित दर बढ्न थालेपछि आइसोलेसनको अभाव भएको छ । स्थानीय तहले निर्माण गर्ने भनिएको आइसोलेसन निर्माण गर्न नसक्दा हाल संक्रमितहरु आफ्नै घरमा बस्न बाध्य भएका छन् ।

हालसम्म बारामा ५४४ जना संक्रमितहरुमध्ये १२६ जना होम आइसोलेसनमा छन्, भने १०६ जना शैक्षिक तालिम केन्द्र गंगापुरस्थित आइसोलेसनमा रहेका छन् । बाँकी २२५ जना निको भएर घर फर्किसकेका जिल्ला प्रहरी कार्यालय, बाराले जनाएको छ ।

प्रतिकृया दिनुहोस्