Sunday, March 7

मुख्यमन्त्रीको राजीनामा माग गर्दै प्रदर्शन

August 22, 2020 113

काठमाडौं  । पुजारी ह-त्याको विरोधमा प्रदर्शन गर्दै राष्ट्रिय एकता अभियानले  प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतको राजीनामा माग गरेको छ ।  गत भदाै ३ गते राति रौतहटको माधवनरायण नगरपालिकाको खेसरहिया स्थित हनुमान मन्दिरका पुजारी श्रीराम साहको अज्ञात समूहले ह-त्या गरेको थियो ।

तर सो ह-त्याका दोषी हालसम्म पत्ता नलागेकाे तथा प्रदेश सरकारले जनताको सुरक्षा दिन नसकेको भन्दै अभियानले जनकपुर, रौतहत, वीरगञ्जमा लगायतका स्थानमा विरोध प्रदर्शन गर्दै मुख्यमन्त्रीको राजीनामा मागेकाे हाे ।अभियानका रौतहट संयोजक शंकर दासले जनताको सुरक्षा दिन नसक्ने मुख्यमन्त्री राउतले आफ्नो पदबाट राजिनामा दिनुपर्ने बताए ।

प्रतिकृया दिनुहोस्