Wednesday, March 3

यो हो कोरोना भाइरसको असली अनुहार, पत्ता लाग्ला ओखति

August 22, 2020 154

चीनको वुहानबाट फैलिएको कोरोना भाइरस अहिले विश्वभर फैलिएको छ ।कोरोनाको संक्रमण बढेसंगै ४ हजार ६ सय ३३ जना मानिसको ज्यान गइसकेको छ ।एक लाख २६ हजार बढी संक्रमित छन् । तर अहिलेसम्म कोरोना भाइरसको औषधि पत्ता लगाउन सकिएको छैन । तर वैज्ञानिकद्धारा कोरोना संक्रमणमा एक सफलता भने प्राप्त गरेका छन् ।

कोरोना भाइरस विरुद्धको लडाइँमा वैज्ञानिकले पाएको सफलता भनेका कोरोना भाइरसको वास्तविक तस्वीर अर्थात रियल फेस पत्ता लागेको छ । चीनको सेनझेन थर्ड अस्पतालले कोरोना भाइरसको असली अनुहार सार्वजनिक गरेको हो ।

अत्याधुनिक माइक्रोस्कोपको प्रयोग गरी कोरोना भाइरसको वास्तविक उपस्थिति देखाउने पहिलो तस्वीर क्यामरामा कैद गरि बाहिर ल्याइएको छ ।

हालसम्म कोरोना भाइरसको नाममा प्रयोग हुँदै आएका अन्य तस्वीर अमेरिकी रोग नियन्त्रण तथा रोकथाम केन्द्रले जारी गरेको प्रतिकात्मक तस्वीर हो । कोरोना भाइरसको वास्तविक तस्वीर पत्ता लागेसंगै यो भाइरसको उपचार पत्ता लगाउन सहज हुने विश्वास गरिएको छ ।

प्रतिकृया दिनुहोस्