Sunday, March 7

अभिनेता विपिन कार्कीको आज जन्मदिन, कति बर्षका पुगे ?

August 22, 2020 110

नेपाली चलचित्र क्षेत्रका चर्चित अभिनेता विपिन कार्कीको आज जन्मदिन परेको छ । उनले आज आफ्नो ३८ औं जन्मदिन मनाउदैछन् । जन्मदिनको अवसरमा उनलाई आज बिहानैदेखी शुभकामनाको ओइरो लागेको छ । छोटो समयमा नै दर्शकको अत्याधिक माया पाउन सफल विपिन चलचित्र पशुपति प्रसादमा भष्मे डनबाट चर्चामा आए ।

चलचित्र पशुपति प्रसादमा उनको अभिनय दर्शकले निकै रुचाए । चलचित्रमा राम्रो अभिनय गर्ने विपिन पछिल्लो समय म्युजिक भिडियोमा पनि देखिन थालेका छन् । उनका लुट, छड्के, ताण्डव, सुन्तली, जात्रा, लुट २, प्रसाद, जात्रै जात्रा लगायतका चलचित्र निकै चर्चामा छन् ।

प्रतिकृया दिनुहोस्