Wednesday, March 3

सिरहामा मृ-त्युपछि कोरोना संक्रमण पुष्टि, मलामी गएका गाउँले त्रसित

August 22, 2020 54

सिरहा – सिरहाको मिर्चैयामा बुधबार मृ-त्यु भएका एकजना पुरुषमा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । सरहाको मिर्चैया नगरपालिका–४ कुथनमाका का ६८ वर्षीय मृ-तकको पीसीआर रिपोर्ट शुक्रबार पोजेटिभ आएको हो । बुधबार उनी गाउँमा हिँडडुल गर्दागर्दै एक्कासि बेहोस भएर ढलेका थिए ।

पछिल्लो समय उनी रुघाखोकी र ज्वरोबाट शिकिस्त थिए । लामो समयदेखि उनी दीर्घ रोगी समेत रहेको मिर्चैयाका स्वास्थ शाखा प्रमुख सुरेष सिहले बताए ।कोरोना जस्तो लक्षण देखा  परेपछि मंगलबार ती पुरुषको थ्रोट स्वाब लिइएको थियो ।

बुधबार नै मृ-त्यु भएका उनको रिपोर्ट आउनु पूर्व गाउँलेहरुले हिन्दु रितिरिबाजअनुसार विधिपूर्वक दाहसंस्कार गरेका थिए । तर, दाहसंस्कारपछि बेलुकी मृ-तकको रिपोर्ट पोजेटिभ देखिएपछि सिंगो गाउँमै संत्रास छाएको छ ।

दाहसंस्कार गर्ने गाउँ र आफन्त गरी १५० जना भन्दा बढि मानिस सहभागी थिए । सिरहामा योसहित  कोरोनाबाट भाइरसबाट मृ-त्यु हुनेको संख्या तीन पुगेको छ। सिरहाको गोलबजार, मिर्चैया नगरपालिका र विष्णुपुर गाउँपालिकामा एक÷एक जनाको मृ-त्यु भएको हो ।

प्रतिकृया दिनुहोस्