August 22, 2020 100
काठमाण्डौ – पहिरोका कारण ठप्प भएको मुग्लिङ-नारायणगढ सडकखण्ड एकतर्फी खुलेको छ ।पहिरो आंशिक रुपमा पन्छाएपछि बाटो एकतर्फी रुपमा खुलेको मुग्लिङ-नारायणगढ सडकखण्ड अयोजनाका इन्जिनियर शिव खनालले जानकारी दिनुभयो ।
उहाँका अनुसार चितवनको इच्छाकामना गाउँपालिका-५ मा राति १ बजेतिर खसेको पहिरोका कारण सडकखण्डमा गाडी गुड्न सकेको थिएन । तर अहिले भने एकतर्फी सडक खुलेको र अबको एक घण्टापछि दुईतर्फी नै सडक खुलाउने तयारी भएको उहाँले जानकारी दिनुभयो ।
प्रतिकृया दिनुहोस्