Thursday, March 4

OMG<<क्यालिफोर्नियाको ‍दर्जनौँ स्थानमा ड;ढेलो, ६ जनाको मृ-त्यु, हजारौँ विस्थापित

August 22, 2020 98

काठमाडौँ अमेरिकाको क्यालिफोर्नियास्थित पहाडी क्षेत्रमा दर्जनौँ स्थानमा लागेको डढेलोले ६ जनाको मृ-त्यु भएको छ ।

क्यालिफोर्नियाको पहाडी क्षेत्रदेखि सन फ्रान्सेस्कोको दक्षिण तथा पश्चिमसम्म दर्जनौँ स्थानमा फैलिएको डढेलोमा ६ जनाको मृ-त्यु भएको बीबीसीले जनाएको छ ।आगलागीपछिको तातो हावाले जनजीवन थप प्रभावित भएको छ । अहिलेसम्म सयौँ भवनहरु ज;लेका तथा हजारौँ भवनहरु जोखिममा परेको बताइएको छ ।

डढेलोले एक लाख ७५ हजारभन्दा बढी मानिस बिस्थापित भएका छन् ।डढेलो नियन्त्रणका लागि १० हजार भन्दा बढी अग्नि नियन्त्रक खटिए पनि नियन्त्रणमा आउन सकेको छैन । बरू डढेलो अझ बढी फैलदै गएको अग्नि नियन्त्रकहरूले जनाएका छन् ।

प्रतिकृया दिनुहोस्