Monday, January 25

बेइजिङमा घरबाहिर निस्कँदा अनिवार्य रूपमा मास्क लगाउनैपर्ने नियम हटाइयो

August 21, 2020 109

चीनमा कोरोना भाइरस संक्रमण फैलिन नदिन जारी गरिएका स्वास्थ्य निर्देशिका खुकुलो पारिएको छ । आजबाट राजधानी बेइजिङमा मानिसहरूलाई घरबाहिर निस्कँदा अनिवार्य रूपमा मास्क लगाउनैपर्ने नियम हटाइएको छ । बेइजिङको रोग नियन्त्रण तथा रोकथाम केन्द्रले बढी भिडभाडमा जाँदा बाहेक मास्क लगाउनु नपर्ने व्यवस्था गरेको हो ।

बेइजिङमा पछिल्लो १३ दिनदेखि लगातार एकजना पनि नयाँ संक्रमित फेला परेका छैनन । सार्वजनिक ठाउँमा थुक्न नपाइने व्यवस्था तथा अभिभावकको निगरानी विना बालबालिकालाई घरबाहिर जान रोक लगाउने व्यवस्था भने कायमै छ । चीनमा झण्डै चार महिनादेखि कोरोनाका कारण कसैको पनि मृ-त्यु भएको छैन ।

पछिल्लो २४ घन्टामा चीनमा २२ जना मात्रै संक्रमित फेला परेका छन । चीनमा हालसम्म ८४ हजार नौ सय १७ जनामा संक्रमण पुष्टि भएको छ । चार हजार ६ सय ३४ जनाको मृ-त्यु भएको छ । गतवर्ष नोभेम्बरमा पहिलोपटक चीनको वुहानमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको थियो ।।

प्रतिकृया दिनुहोस्