August 21, 2020 119
ताप्लेजुङ-प्रसिद्ध धार्मिकस्थल पाथीभरामा दुई वर्षको अवधिमा ६८ तोला सुन संकलन भएको छ । तीर्थयात्रीहरुले भेटीपातीको रुपमा चढाएका ६८ तोला सुन संकलन भएको सुनचाँदी व्यवस्थापन उपसमिति सदस्य गोपाल न्यौपानेले बताए ।
न्यौपानेका अनुसार ५४ तोला ५७ लाल सुन (१ नम्बरी) र १४ तोला ६६ लाल ९२ नम्बरी० गरी ६८ तोला बढी सुन संकलन भएको हो । उक्त सुन र चाँदी विक्रीका लागि उपसमिति बैठकले ७ दिने सूचना प्रकाशन गर्ने निर्णय गरेको छ ।उक्त निर्णय पाथीभरा भेटीपाती व्यवस्थापन समिति समक्ष पेश गरेपछि मात्र सूचना प्रकाशन गर्ने प्रावधान छ ।
प्रतिकृया दिनुहोस्