Saturday, January 16

देशभर आईसीयू बेडको संख्या ९८४ र भेन्टिलेटरको संख्या ४९० रहेको छ ।

August 21, 2020 85

काठमाडौँ — देशभर आईसीयु र भेन्टिलेटरमा उपचाररत कोरोना संक्रमित बिरामीको संख्या बढेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांकअनुसार देशभर १३३ जना आईसीयूमा र १५ जना कोरोना संक्रमितको भेन्टिलेटरमा उपचार भइरहेको छ । यो तथ्यांक अहिलेसम्मकै उच्च हो ।

 

प्रदेश १ मा १६, प्रदेश २ मा ४६, वाग्मती प्रदेशमा ५२, गण्डकी प्रदेशमा ६ र प्रदेश ५ मा १३ जना कोरोना संक्रमित बिरामीको आइसोलेसनमा उपचार भइरहेको छ । त्यसैगरी कर्णाली र सुदूरपश्चिममा भने संख्या शुन्य छ । भेन्टिलेटरमा उपचार गराउने सबै वाग्मती प्रदेशका रहेका छन् ।

देशभर आईसीयू बेडको संख्या ९८४ र भेन्टिलेटरको संख्या ४९० रहेको छ ।

प्रतिकृया दिनुहोस्