Tuesday, January 26

हालसम्म पीसीआर परीक्षणमा कति खर्च भयो ? मन्त्रालयले सार्वजनिक गर्‍यो तथ्यांक

August 21, 2020 110

काठमाडौं । हालसम्म आइटी पीसीआरको जम्मा टेस्ट ५ लाख ७९ हजार ९९ भएको छ । यसमा नेपाल सरकारको प्रतिव्यक्ति ५ हजार ५०० खर्च हुन्छ । यो खर्च पिपिई बाहेक ल्याब टेस्टमा मात्रै ३ अर्ब १ करोड ९४ लाख ४४ हजार ५०० भएको छ ।यति पैसा खर्च गरेर ३० हजार ४ सय ८३ जनामा संक्रमण पष्टि भएको छ ।

एउटा व्यक्ति पोजेटिभ भेट्न १ लाख ४ हजार ६ सय ३० रुपैयाँ खर्चिएको छ ।‘एउटा केस भेट्दाखेरी हाम्रो राज्यको १ लाख ४ हजार रुपैयाँ खर्च हुन्छ । त्यसपछिको उपचारमा पनि खर्च हुन्छ । एकजना व्यक्तिलाई आईसीयूमा ३० दिन राख्नु पर्यो भने ४ लाख ५० हजार रुपैयाँ तिर्नुपर्ने हुन्छ ।

यसरी कोरोनाको जाँच गर्ने, जाँचबाट पोजेटिभ पत्ता लगाउने, उपचार गर्न बहुत खर्चिलो छ । यसैले जरुरी काम नपरी घरबाट ननिस्कन अनुरोध छ।’ स्वास्थ्य तथा जनसंख्या मन्त्रालका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिए ।

निषेधाज्ञाको बेला पनि घरबाहिर निस्केको पाइएको भन्दै उनले निस्कने परे अनिवार्य पास्क लगाउन र २ मिटरको दूरी कायम गर्न अनुरोध गरे ।साबुनपानीले हात धुने या सेनिटाइजर प्रयोग गरिए राज्यले गर्ने १ लाख ४ हजार खर्च बच्न सक्ने बताए ।यस्तै तीजमा तथाभावी नाचखान र भेला भएको पाइएको भन्दै त्यसो नगर्न पनि सचेत गराए । एकाघरका परिवारका सदस्यका बीचमा मात्रै चाड मनाउनका समेत आग्रह गरे ।

प्रतिकृया दिनुहोस्