“कोरो’ना लागि सकेपछि बाँचौँला जस्तो लागेको थिएन, तर निको भएर घर फर्किँदा निकै खुसी छु ।” यो भनाइ को’रोना स’ङ्क्रमण भई उपचार पश्चात निको भएर घर फर्केकी पोखरा महानगरपालिका–१९ लामाचौरकी ८८ वर्षीया देवीकुमारी गुरुङको हो ।
कोरो’ना सङ्क्र’मण भई पोखरा–३१ मोहोरियास्थित प्रदेश सङ्क्र’मण तथा सरुवा रो’ग अस्पतालमा गत साउन २६ गते भर्ना हुनुभएकी गुरुङ साउन ३२ गते आइतबार निको भएर विदाइ हुँदा हर्षित देखिनुहुन्थ्यो । “बूढेसकालको शरीर कोरो’ना जस्तो ड’र लाग्दो रो’ग लागेपछि घर फर्कने आश मारेकी थिएँ”, उहाँले भन्नुभयो, “अस्पतालका नानीबाबुको माया एवं व्यवहारले आत्मविश्वास बढ्यो र रोगलाई जितेर अहिले पुनःजीवन पाएजस्तो लागेको छ ।”
विदाइ कार्यक्रममा सहभागी गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ, प्रदेश विधायन समितिका सभापति मोहन रेग्मी, गण्डकी स्वास्थ्य निर्देशनालयका निर्देशक डा विनोद विन्दु शर्मा, स्वास्थ्यकर्मी, जनप्रतिनिधि सहित सञ्चारकर्मीतर्पm फर्केर हँसिलो अनुहारमा अभिवादन गर्दै गुरुङले भन्नुभयो, “आत्मविश्वास बढाएमा कोरोना रोग लाग्दैमा डराउनु पर्ने रहेनछ ।”
कोरो’ना सङ्क्र’मण देखिएर अस्पताल जाँदा राम्रो व्यवहार नपाउने हो कि भनेर ड’रलागेको उहाँले बताउनुभयो । एक हप्ता अस्पतालमा उपचार गर्दा राम्रो सुविधा पाएको र निको भएको गुरुङसँगै घर फर्कन लाग्नुभएका अन्य नौ जनाले पनि उपचार सेवाको प्रशंसा गर्नुभयो ।
प्रदेश सरकारले सञ्चालन गरेको कोरोना विशेष अस्पतालबाट पहिलो पटक गुरुङसहित १० सङ्क्र’मित निको भएर घर फर्किएको अस्पतालका कार्यवाहक मेडिकल सुपरिटेन्डेन्ट डा त्रिभुवन भण्डारीले जानकारी दिनुभयो । उहाँका अनुसार साविक लायन्स सामुदायिक अस्पतालबाट गण्डकी प्रदेश सङ्क्र’मण तथा सरुवा रोगमा परिणत भएको अस्पतालमा हाल २६ सङ्क्र’मितको उपचार भइरहेको छ ।
“अस्पतालमा हाल ३४ आइसोलेसन कक्ष छन्”, डा भण्डारीले भन्नुभयो, “बिरामीको आवश्यकता एवं सरकारको नीति नियमअनुसारनै सेवा प्रदान गरेका छौँ । अस्पतालमा ३४ स्वास्थ्यकर्मीले सेवा प्रदान गर्दै आएका छन् ।” गण्डकी स्वास्थ्य निर्देशनालयका निर्देशक डा शर्माका अनुसार प्रदेशका विभिन्न अस्पतालमा हाल २०९ जनाको आइसोलेसनमा उपचार भइरहेको छ ।
प्रतिकृया दिनुहोस्