Saturday, February 27

ललितपुरको पाटन अस्पतालमा उपचाररत दुई जना कोरोना संक्रमितको मृ,त्यु भएको छ ।

August 21, 2020 159

५ भदौ, काठमाडौं । ललितपुरको पाटन अस्पतालमा उपचाररत दुई जना कोरोना संक्रमितको मृ,त्यु भएको छ ।दोलखा निवासी ३० वर्षीया महिला र सर्लाहीको मलंगवा निवासी ४६ वर्षीय पुरुषको आज बिहान मृ,त्यु भएको जिल्ला कोभिड–१९ व्यवस्थापन केन्द्र ललितपुरले जनाएको छ ।

दोलखाकी महिलाको यही भदौ २ गतेदेखि र सर्लाहीका पुरुषको गत साउन ३१ गतेदेखि पाटन अस्पतालमा उपचार हुँदै आएको थियो ।उनीहरुको ट्राभल हिस्ट्री खुलेको छैन ।

आजै बिहान बुटवलको कोरोना विशेष अस्पतालमा प्युठानका एक संक्रमितको मृ,त्यु भएको छ ।योसँगै अहिलेसम्म नेपालमा कोरोना संक्रमणबाट मृ,त्यु हुनेको संख्या १३३ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांकमा १२६ जना उल्लेख भए पनि ललितपुर, बुटवल, बारा, पर्सा र चितवनको मृ,त्यु समावेश छैन ।

प्रतिकृया दिनुहोस्