Monday, January 18

आइसोलेसन फो;डेर स्वास्थ्य सामग्री चो;रिए

August 21, 2020 196

संखुवासभा — संखुवासभा सदरमुकाम खाँदबारीस्थित हिमालय किरण क्याम्पसमा रहेको आइसोलेसनका स्वास्थ्य सामग्री चो;री भएका छन् । जिल्ला अस्पतालका अनुसार बिहीबार राति ढोका फोडेर सामग्री चो;रिएका हुन् ।

 

करिब १५ लाख बराबरको सामग्री चो;री भएको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट सुन्दरश्याम झाले बताए । उनका अनुसार ७० थान पीपीई सेट, प्यासेन्ट मनिटर, सक्सन मेसिन, अक्सिजन मेसिन, अक्सिजन डिभाइडरलगायत सामग्री चो;रिएका छन् ।

अहिले आइसोलेसनमा ३ जना कोरोना संक्रमितको उपचार भइरहेको अस्पताल प्रमुख दीपेश श्रेष्ठले जानकारी दिए । प्रहरीले चो;री र तो;डफो;डमा संलग्नको खोजी भइरहेको जनाएको छ ।

प्रतिकृया दिनुहोस्