इजराइलको प्रहरीले दक्षिण शहर एलाटको एक होटलमा १६ वर्षीया एक किशोरीमाथि भएको सामूहिक ब;ला;त्कारको घटनाको अनुसन्धान सुरु गरेको छ ।
आरोप अनुसार होटलबाट फर्किएपछि सबैले पटक–पटक ती किशोरीमाथि बl;ला;त्कार गरे । अधिकारीका अनुसार युवतीका साथीले उनलाई बचाउन कोसिस गरे तर उनीहरुलाई रोक्न सकेनन् ।दुई संदिग्धलाई हिरासतमा लिइएको छ तर उनको पहिचान सार्वजनिक गरिएको छैन । स्थानीय मिडियाका अनुसार उनहरु सबै इजराइली नै हुन् र उनीहरुको उमेर २० वर्ष आसपास छ ।
टाइम्स अफ इजराइलका अनुसार प्रहरीले एक संदिग्ध र किशोरीबीच भएको मेसेजिङमा युवतीमाथि कथित ज्या;दतीको भिडियो भेटेको छ । त्यसपछि नै उनलाई प;क्राउ गरिएको हो । तर ती संदिग्धले किशोरीसँग कुनै प्रकारको मेसेजिङ गरेको अस्विकार गरेका छन् । उनका अनुसार उनको फोन अरु कोही व्यक्तिले प्रयोग गरिरहेका थिए ।
उनै संदिग्धले प्रहरीलाई उक्त घटनामा ३० भन्दा बढी व्यक्ति समावेश भएको तर सिक्योरिटी क्यामरा फुटेजबाट यो सबै सहमतिमा भएको प्रमाणित हुने उनको दाबी छ ।इजराइलका रक्षामन्त्री बेनी गांट्जले यो कथित घटनाको आलोचना गरेका छन् ।
उनले ट्वीट गरे, ‘प्रहरीको अनुसन्धान जारी छ । तर महत्वपूर्ण यो हो कि जो घटनामा समावेश थिए वा जो यसका साक्षी छन् वा अन्य जो व्यक्ति छन्, म उनीहरुलाई सन्देश दिन चाहन्छु कि तपाईंहरुले एउटै कुरा प्रमाणित गर्नुभएको छ कि तपाईंहरुमा आत्मा र नैतिकताको कमी छ । ऊजुरी दिने युवतीलाई यो भन्न चाहन्छु कि मेरो तपाईंलाई मनैदेखि समर्थन छ । तपाईं एक्लो हुनुहुन्नँ ।’
गत वर्ष १९ वर्षीया एक बेलायती महिलाले साइप्रसको एक होटलमा १२ इजराइली मानिसहरुले उनीमाथि सामूहिक ब;ला;त्कार गरेको आरोप लगाएकी थिइन् । पछि उनले झुटो बोलेको भेटियो र चार महिनाको निलम्बित सजाय दिइएको थियो ।महिला अधिकारसँग जोडिएको संगठनले यो घटनाको आलोचना गरेका थिए । जबकी १९ वर्षीय वकिल यसविरुद्ध अपिल गर्ने बताएका थिए ।
प्रतिकृया दिनुहोस्