Wednesday, January 20

एक जना पनि कोरोना संक्रमत नभएका यी ४ जिल्ला

August 20, 2020 117

काठमाडौं । नेपालको ७७ जिल्लामध्ये हाल ४ जिल्लामा कोरोना संक्रमित छैनन् । ४ जिल्ला कोरोना संक्रमित मुक्त भएको स्वास्थ्य मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्रा.डा.जागेश्वर गौतमले जानकारी दिए ।

हाल कोरोना संक्रमित नभएका ४ जिल्ला

  • भोजपुर
  • मनाङ
  • मुस्ताङ
  • हुम्ला

नेपालमा आज (बिहीवार) थप ७०७ जनामा कोरोना भाईरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या २९ हजार ६४५ पुगेको छ ।

नेपालमा अहिलेसम्म कोरोना भाइरस संक्रमणका कारण १२६ जनाको मृ-त्यु भएको छ । पछिल्लो २४ घण्टामा थप २६४ जना कोरोना संक्रमणमुक्त भएसँगै कोरोना संक्रमणमुक्त भई अस्पतालबाट डिस्चार्ज हुनेको संख्या १७ हजार ९६४ पुगेको छ ।

प्रतिकृया दिनुहोस्