Tuesday, January 26

दीपिकासँग यसकारण टुटेको थियो धोनीको अफेयर

August 20, 2020 103

भारतीय टिमका पूर्व कप्तान महेन्द्र सिंह धोनीले १५ अगस्टमा सन्यास घोषणा गरेका छन् । यससँगै उनीसँग जोडिएका किस्साहरु फेरि चर्चामा छन् ।

शान्त स्वभावका कारण धोनी ‘क्याप्टेन कुल’ उपनामले पनि चिनिन्छन् । आफ्नो ब्याटिङ,  विकेटकिपिङ  र कप्तानीका लागि उत्कृष्ट ठहरिएका धोनी कठिन परिस्थितीमा पनि शान्तसँग टिमलाई सम्हाल्थे, कहिलेकाहिँ नतिजा उल्ट्याइदिन्थे । खेल मैदानभित्रका उनका उपलब्धिबारे चर्चा गर्ने हो भने पुस्तकको पाना भरिन्छ । आज हामी उनको व्यक्तिगत जीवनबारे चर्चा गर्दैछौँ । जतिबेला उनी क्रिकेट मैदानमा जमेका थिए, त्यति नै बेला उनको लभस्टोरी पनि चर्चामा थियो ।

समाचारअनुसार कुनै मय उनको नाम बलिउड सुन्दरी दीपिका पादुकोणसँग जोडिएको थियो । तर छोटो समयमै दुुबै एकअर्कासँग टाढिए ।

आखिर किन ?
यस समय धोनी टिमका कप्तान थिए र उनको करियर उचाईमा थियो । त्यस्तै, अर्कोतर्फ दीपिका पनि बलिउडमा जमेकी थिइन् । यही क्रममा धोनीले दीपिकालाई आफ्नो खेल हेर्नका लागि रंगशालामा बोलाए, दीपिका गइन् । यसरी दुुईबीच भेटघाटको सिलसिला सुरु भयो ।

धोनीले आफैं यस विषयको खुलासा गरिसकेका छन् कि दीपिका उनलाई निकै मनपथ्र्यो । मिडिया रिपोर्टलाई आधार मान्ने हो भने दीपिकाले भनेपछि नै धोनीले त्यतिबेला आफ्नो कपाल काटेका थिए । धोनीलाई दीपिका यति धेरै मनपरिसकेको थियो कि उनी जीवनसाथी बन्न चाहन्थें । तर यति नै बेला धोनीलाई थाहा भयो कि उनका साथी पनि दीपिकालाई मन पराउँछन् । यी साथी थिए, भारतका स्टार क्रिकेटर युवराज सिंह ।

युवराजले पनि दीपिकालाई मन पराउँछन् भन्ने थाहा भएपछि धोनीले साथीका लागि प्रेमको तिलाञ्जली दिए । यसपछि युवराज सिंह र दीपिकाको अफेयरबारे मिडियामा लगातार समाचार बन्न थाले । २००७ मा दीपिका युवराजलाई समर्थन गर्न जयपुर पनि पुुगेकी थिइन् । मिडियामा त दीपिका र युवराजले इन्गेजमेन्ट गरेको समाचार समेत आइसकेको थियो ।

यस्ता अफवाहमा त्यतिबेला थप बल पुुग्यो, जब दीपिकाको २२ औं जन्मदिनमा सिड्नीको एक रेस्टुरेन्टमा दुुबैजना डिनर गर्दै गरेको अवस्थामा भेटिए । यद्यपी, दीपिकाले यी सबै समाचार अफवाह मात्रै रहेको दाबी गरेकी थिइन् । महेन्द्र सिंह धोनीले वर्ष २०१० मा साक्षी रावतसँग विवाह गरे, युवराजले २०१६ मा बलिउड अभिनेत्री हेजल किचसँग विवा गरे ।  २०१८ मा बलिउड अभिनेता रणवीर सिंहसँग दीपिकाको विवाह भयो ।

प्रतिकृया दिनुहोस्