Friday, January 15

अब विवाहमा सात जना भन्दा बढी सहभागी हुन नपाइने

August 20, 2020 109

काठमाडौं, भदौ ४-अब विवाहमा सात जना भन्दा बढी सहभागी हुन नपाइने भएको छ । कोरोनाका ेजोखिम बढेको भन्दै जिल्ला प्रशासन कार्यालय काठमाडौंले निषेधाज्ञाका बेला विवाहका लागि सात जनामात्रै सहभागी हुन पाइने बताएको हो ।

प्रशासकीय अधिकृत कमलप्रसाद पण्डेले सूचना निकालेर यस्तो जानकारी दिएका हुन् । कोरोनाभाइरस संक्रमित संख्या वृद्धि भएपछि काठमाडौं उपत्यकाभित्र गएराति १२ बजेदेखि निषेधाज्ञा छ।

अत्यावश्यक कामबाहेक मानिसहरूलाई घरबाट ननिस्कन प्रशासनले आग्रह गरेको छ । त्यस्तै आज निषेधाज्ञा उल्लघंन गर्ने ११७० जनालाई कारबाही गरेको छ ।

प्रतिकृया दिनुहोस्