Friday, March 5

निषेधाज्ञा गरिएको ठाउँमा के गर्न पाईन्छ ? के पाईदैन ? जानकारी लिनुहोस

August 20, 2020 130

सरकारले काठमाडौं उपत्यकाभर निषेधाज्ञा लागू गरेको छ। कोरोनाको जोखिम बढेको निष्कर्ष निकाल्दै बुधबार मध्यराति १२ बजेदेखि भदौ १० गते मध्यराति १२ बजेसम्मका लागि निषेधाज्ञा जारी गरिएको हो।

सरकारले गरेको १७ बुँदे निर्णयमा यो एक हप्ताको अवधिमा औषधी तथा अन्य अत्यावश्यक उपभोग्य वस्तु वा सेवा खरिदको कामबाहेक कुनै पनि व्यक्ति घरबाट निस्किनसमेत नपाइने उल्लेख छ।

के गर्नुपर्छ, के गर्न पाइन्छ, के गर्न पाइन्न

अत्यावश्यक सेवा तथा वस्तु बाहेक अन्य सबै प्रकारका व्यापार व्यवसाय सञ्चालन गर्न पाइन्नअत्यावश्यक सामग्रीलगायत मालवाहक ढुवानीका सवारी साधन, स्वास्थ्यकर्मी तथा सुरक्षा निकायले प्रयोग गर्ने सवारी साधन बाहेकका गाडी काठमाण्डौ प्रवेश गर्न पाइन्नजिल्लाभित्रका सबै प्रकारका निजी तथा सार्वजनिक यात्रुवाहक गाडी सञ्चालन गर्न पाइन्न

नियमित सेवा प्रदान गर्नुपर्ने अन्य कार्यालयमा आउन र जानुपर्ने राष्ट्रसेवक कर्मचारीका हकमा सम्बन्धित कार्यालय वा निकायले न्यूनतम कर्मचारी सङ्ख्या निर्धारण गरी कार्यालयले जारी गरेको तस्वीरसहितको परिचयपत्रका आधारमा बिहान ९ देखि १०ः३० सम्म र बेलुका ३ देखि ५ः३० बजेसम्म आवागमन गर्न पाइन्छ।

अत्यावश्यक वस्तु वा सेवाअन्तर्गत पर्ने औषधी, खाद्यवस्तु, इन्धन, खाना पकाउने ग्यास, तरकारी फलफूल, दूध, विद्युत्, दूरसञ्चार,सूचना तथा सञ्चार, भन्सार, क्वरेण्टीन, आइसोलेशन, फोहरमैला व्यवस्थापन, अस्पताल जानेआउने बिरामी, मृत्यु संस्कारका लागिअनिवार्य रुपमा सहभागी हुनुपर्ने कामका लागि प्रयोग गर्ने सवारी साधन सञ्चालन गर्न पाइन्छ।

कुनैपनि मेला महोत्सव, जात्रा सञ्चालन गर्न, मानिस भेला हुन, भीडभाड गर्न, सभाजुलुस गर्न पाइन्न।परम्परागत रुपमा र दैनिक रुपमा भइआएको र दैनिक हुने आन्तरिक नित्य पूजाबाहेक कुनै पनि धार्मिक सांस्कृतिक गतिविधि सञ्चालन तथा जमघट गर्न पाइन्न।कुनै पनि प्रकारका सभा, गोष्ठी, सेमिनार, सिनेमा हल, पार्टी प्यालेस, मनोरञ्जनस्थल सैलुन, ब्यूटी पार्लर, स्पा, स्वीमिङ पूल, जीमखाना,

समूहमा खेलिने खेल, पुस्तकालय, सङ्ग्रहालय तथा चिडियाखाना सञ्चालन गर्न पाइन्न।शैक्षिक संस्था, प्रशिक्षण केन्द्र, ट्युसन सेन्टर, भाषा कक्षालगायत जमघट हुने गतिवधि गर्न पाइन्न।फुटपाथ वा खुला ठाउँमा र ठेलागाडा वा साइकलमा सञ्चालन हुने व्यवसाय तथा कवाडी सङ्कलन गर्न पाइन्न।होटल, रेष्टुराँ, बैंकिङ सेवालगायत विभिन्न निकायले भर्चुअल वा विद्युतीय माध्यमबाट सेवा प्रवाह गर्नुपर्छ।

त्यो सम्भव नभए न्यून कर्मचारी राखी स्वास्थ्य सुरक्षा मापदण्डको पूर्ण पालना गरी अत्यावश्यक सेवा प्रवाह गर्न पाइन्छ।अत्यावश्यक कामका लागि घर बाहिर निस्कनुपरेमा अनिवार्य रुपमा मास्कको प्रयोग र न्यूनतम भौतिक दूरी कायम गर्नुपर्ने छ।हवाई उडानबाट विदेश जानेहरुका हकमा राहदानी, प्रवेशाज्ञा, कन्फर्म हवाई टिकट हुनेहरु सिधै विमानस्थल जाने सवारी साधनलाई सहजीकरण गरिने छ ।

यी बाहेक यो अवधिमा मौका छोपेरअत्यावश्यक उपभोग्य वस्तु वा सेवाको आपूर्तिमा कृत्रिम अभाव सिर्जना गर्ने, मूल्यवृद्धि गर्ने, जम्माखोरी गर्ने वा लुकाउने वा सहज आपूर्तिमा अवरोध गर्नेमाथि कडा कारवाही गर्ने सरकारले जनाएको छ।त्यस्तै आदेशको उल्लङ्घन भएमा वा आदेशको पालना गर्ने गराउने काममा अवरोध भएमा जोसुकैलाई पनि प्रचलित कानूनअनुसार कारवाही हुने गृह मन्त्रालयले जनाएको छ।

प्रतिकृया दिनुहोस्