Saturday, February 27

घरजग्गाकाे भाउ ५० प्रतिशतसम्म घट्ने विज्ञहरुकाे अनुमान

August 20, 2020 215

इटहरी / काेराेना माहामारीले विश्व नै प्रभावित भइरहेकाे बेला घरजग्गा व्यावसाय पनि यस बाट अछुताे रहन सकेकाे छैन ।
गत चैतदेखि जारी लकडाउन असारमा केहि खुकुलाे भाए पनि साउन तेस्रो साताबाट कोरोना संक्रमितकाे संख्या पुन: उकाले लगेकाे छ । अहिले लकडाउनमा थप कडाइ गरिनुकाे साथै केहि स्थानहरूमा त निषेधित क्षेत्र नै घाेषणा गरिएकाे छ । असारमा लकडाउन खुकुलो भएकाे बेला ५० प्रतिशतसम्म कारोबार भएकाे घरजग्गा व्यावसायकाे काराेबार लगभग ठप्प जस्तै छ । केहि काेराेबार भएका ठाउँहरूमा पनि मुस्किलले ३० प्रतिशत सम्म कारोबार भएको छ ।

समुदायस्तरमा कोरोना फैलिएको आशंका भइरहेका बेला दाेस्राे चरणकाे लकडाउनमा मालपोत कार्यालय तत्काल सञ्चालनमा आउने कुनै छाँटकाँट देखिदैन । सञ्चालनमा आए पनि पूर्ण क्षमतामा सञ्चालनमा नआउने पक्का छ ।

वैदेशिक रोजगारीमा गएका नेपालीहरु ठुलाे संख्यामा स्वदेश फर्किरहेका छन् । उनीहरुले पठाएको रेमिट्यान्सको ठूलो हिस्सा घरजग्गामै लगानी हुने गरेको थियो । त्यस्तै नेपालमा भएका मध्यमवर्गले घरजग्गा जोड्ने हुन् तर उनिहरूकाे पनि विगत ६ महिनादेखि आम्दानी राम्रो भएकाे छैन । खरिदकर्ता नहुँदा अबको २-३ महिनाभित्र घरजग्गाको मूल्यमा ४० देखि ५० प्रतिशतसम्मकै गिरावट आउन सक्ने विज्ञहरु बताउँछन् ।

त्यसैले घरजग्गा जोड्ने गरी आम्दानी हुन वा रेमिट्यान्स आउन वैदेशिक रोजगारीमा सहजता आउनै पर्छ ।

प्रतिकृया दिनुहोस्