Monday, March 8

चलचित्र साइनो युट्युबमा रिलिज

May 31, 2020 234

 

काठमाडौं- नेपालकी प्रथम अभिनेत्री भुवन थापा चन्दले निर्माण गरेको चलचित्र साइनो युट्युबमा रिलिज भएको छ ।

बोधी एचडी युट्युब च्यानलबाट चलचित्र रिलिज भएको हो ।

कोरोना महामारीका कारण लकडाउनका बेलामा दर्शकहरुका लागि मनोरञ्जन दिन चलचित्र युट्युवमा रिलिज गरिएको निर्मात्री चन्दले बताइन् ।

चलचित्रलाई रमेश थापाले निर्देशन गरेका हुन् । कुनै पनि चलचित्र नचलेका बेला गत वर्ष हलमा रिलिज भएको यो चलचित्रले भने राम्रो तारिफ पाएको थियो ।

शरण थापा कार्यकारी निर्माता रहेको चलचित्र साइनोलाई अभिमन्यु निरवीले लेखेका छन् ।

चन्द्र विनायक फिल्मस् प्रोडक्सनको ब्यानरमा निर्मित चलचित्र साइनोमा राज कुमार, मिरुना मगर, निता ढुंगाना, भुवन थापा चन्द, बसुन्धरा भुसाल, मदनदास श्रेष्ठ, रोयदीप श्रेष्ठलगायतका अन्य कलाकारहरूको अभिनय छ ।

प्रतिकृया दिनुहोस्