Friday, January 22

भ्याक्सिन कसले पाउनेछ ? कसले पाउनेछैन

August 20, 2020 115

कोभिड १९ भ्याक्सिन विकास भएपनि सुरुवाती आपूर्ति सीमित हुनेछ, पहिले कसले लगाउने भन्ने कठोर निर्णयले प्रतिक्षा गर्नेछ !

अहिले अगस्ट २०२१ हो । संसारले व्यग्रताका साथ कुरिरहेको क्षण अन्ततः आइपुुगेको छ । कोभिड–१९ विरुद्धको खोप पास भएर प्रयोगका लागि तयार छ । यो एक कठिन यात्रा रह्यो, तर अहिले विश्वभरका भ्याक्सिन निर्माताहरुले दैनिक हजारौं डोज उत्पादन गर्दैछन्, महामारीको अन्त्य संघारमै छ ।यद्यप ियो अन्त्य होइन, अन्त्यको सुरुवात पनि होइन । यहाँ ७ अर्ब ५० करोडभन्दा धेरै मानिसलाई खोपको जरुरी छ, तर पहिलो ६ महिनाको उत्पादनबाट एक अर्ब डोजमात्र उपलब्ध छ ।
कसले पाउनेछ ? अग्रपंक्तीमा खटिएका स्वास्थकर्मी यसमा पहिलो हुनुपर्छ भनेर सबै सहमत छन् । तर त्यसपछि को ? हर्ड इम्युनिटी हासिल गर्ने उत्कृष्ट बाटो के हो ? के मानिसहरुले खोप स्वीकार्छन् ? अनि के धनी देशहरुलाई आपूर्ति सञ्चयबाट रोक्न संभव छ ?यसको जवाफ सफल खोप विकास हुनभन्दा धेरैअघि, अहिल्यै अर्थात् २०२० मा गरिने निर्णयहरुमा निर्भर छ । हुनसक्छ, त्यस्तो दिन कहिल्यै आउने छैन । तर कल्पना गरौं यस्तै होला । अनि के हुन्छ ?

एउटै समाधान छैन ।

भ्याक्सिनले काम गरिहाले पनि त्यहाँ एकैै आकार र प्रकृतिको खोप हुने छैन । विकासको चरणमा रहेका दुुई खोपले इपिडेमीलोजिस्टहरुले सामना गरिरहने समस्याको गन्ध दिन्छन् । यिनीहरु २०१९ नोभेम्बरमा स्विकृत इबोला भ्याक्सिन ‘इर्भेबो’ र २०१५ मा स्वीकृति पाएको डेंगुको भ्याक्सिन ‘डेङभासिया’ हुन् ।

पहिले इर्भेबोको कुरा गरौं । कोभिडले आतंक मच्चाउनुुअघि संक्रामक रोगबारे रणनीति बनाउन र परीक्षण गर्न पर्याप्त समय थियो । सबैभन्दा प्रभावकारी उपाय रिङ भ्याक्सिनेशन रहेको यसले देखाउँछ । जसको मतलब पुष्टि भएका संक्रमित, उनीहरुसँग सम्पर्कमा आएका र ती व्यक्तिसँग पनि सम्पर्कमा आएकाहरुको पहिचान गरेर खोप लगाइदिने अर्थात् भाइरस वरपर प्रतिरोधको जालो बिछ्याइदिने ।

 


डेङसाभियाको रणनीति भने स्थानीय परिवेशमा निर्भर छ । जब भाइरस नियन्त्रणबाहिर हुन्छ, तब मानिसहरुलाई सामुहिक खोप लगाइदिँदा अधिकतम सुरक्षा मिल्छ । तर जहाँ संक्रमण दर कम छ, त्यहाँ पहिचान गरेर संक्रमित वयस्कहरुलाई मात्रै भ्याक्सिन लगाइदिनु उत्तम हुन्छ ।  किनकि जुन रुपमा प्रतिरोधी क्षमता बढ्छ, त्यसअनुसार पहिलोको दाँजोमा दोस्रो बाउट अझै खतरनाक हुन्छ । यसको अर्थ भाइरस हुने सम्भावना नभएका बच्चालाई खोप लगाउनु प्रत्युत्पादक हुनसक्छ भन्ने पनि हो, किनकि भ्याक्सिनले पहिलो बाउट जसरी व्यवहार गर्छ ।

यसरी एउटाका लागि काम गर्ने खोप, अर्को रोगका लागि राम्रो नहुनसक्छ किनकि रोग र भ्याक्सिन सबै फरक छन् । कोभिडका हकमा भ्याक्सिन र पूर्ण जानकारी दुुबैको नहुनुुको अर्थ डिजाईन गरिएको रणनीति अवास्तविक विज्ञान हो । अस्टे«लियाको जेम्स कुक विश्वविद्यालयकी इम्मा म्याक ब्राइडे नेतृत्वको टोलीले सम्भावित अवस्थाको मोडलिङ सुरु गरेको छ, तर नतिजा अझै आइसकेको छैन । एउटा कुरा हामी भन्नसक्छौं, रिङ भ्याक्सिनेशनले काम गर्नेवाला छैन ।

इबोला शरीरको तरल पदार्थबाट फैलने रोग हो, त्यसै तुलनात्मक रुपमा ढिलो फैलन्छ, जबकि कोभिड–१९ स्वासप्रश्वास सम्बन्धी रोग हो, यो निकै तिव्र फैलन्छ ।विशेषता जेसुकै होस्, कुनै नयाँ खोप बनाउनुको बलियो आधार कडा बिरामी र मृत्युदरलाई कम गर्नु हो । यसोे गर्नु कोभिड–१९ का हकमा सही हुन्छ ।


(विश्व स्वास्थ संगठन) डब्ल्युुएचओको कोभिड १९ भ्याक्सिन समूहमा रणनीतिक सल्लाहकारका रुपमा रहेका उनी भन्छन्, ‘भ्याक्सिनलाई परम्परागत रुपमा जसरी हेरिदैं आइएको छ, त्योभन्दा यो केही फरक छ । त्यसैले प्रश्न छ,  अधिकतम स्वास्थ फाइदाका लागि, उत्पादकत्व फर्काउनका लागि र स्वास्थ तथा शैक्षिक क्षेत्रको रक्षा गर्न  हामीले कसलाई  भ्याक्सिन लगाइदिने ?’


तर त्यहाँ अन्य विषयहरु छन् । लण्डनको इम्पेरियल कलेजस्थित भ्याक्सिन इपिडेमीलोजिस्ट  निकोलास ग्रासलीले न्यु साइन्टिस्टसँग आफ्नो व्यक्तिगत विचार राख्दै भनेका छन्, ‘कोभिड १९ को खोप केवल  स्वास्थको सरोकारमात्रै होइन । यो अर्थतन्त्र र आधारभूत सेवा जोगाउने विषय पनि हो ।’

(विश्व स्वास्थ संगठन) डब्ल्युुएचओको कोभिड १९ भ्याक्सिन समूहमा रणनीतिक सल्लाहकारका रुपमा रहेका उनी भन्छन्, ‘भ्याक्सिनलाई परम्परागत रुपमा जसरी हेरिदैं आइएको छ, त्योभन्दा यो केही फरक छ । त्यसैले प्रश्न छ,  अधिकतम स्वास्थ फाइदाका लागि, उत्पादकत्व फर्काउनका लागि र स्वास्थ तथा शैक्षिक क्षेत्रको रक्षा गर्न  हामीले कसलाई  भ्याक्सिन लगाइदिने ?’

भ्याक्सिनको भण्डार असिमित हुन्थ्यों भने यो निर्णय सिधा हुनसक्ने थियो, तर त्यस्तो हुनेवाला छैन । कम्तिमा पनि सुरुवातमा हुने छैन – अहिलेसम्मको सबैभन्दा महत्वाकांक्षी योजना बेलायतको अक्सफोर्ड भ्याक्सिन टोलीको हो, जसले स्विकृति पाएको १२ महिनासम्म २ अर्ब  डोज उत्पादन गर्छाैं भनेको छ । एक व्यक्तिका लागि दुुई डोज आवश्यक पर्ने सम्भावना छ, त्यस्तै खेर जाने भ्याक्सिनको दर १५ प्रतिशत राख्दा १ अर्बभन्दा कम मानिसलाई मात्रै यो डोजले पुुग्नेछ । ‘सिंगो विश्वका लागि भ्याक्सिन पुुग्न असंभवजस्तो देखिन्छ,’ लण्डन स्कुल अफ हाइजिन एन्ड ट्रपिकल मेडिसिन (एलएसटिएम) का निर्देशक बिट कम्पम्यान भन्छन् ।

अर्थात्, कठिन रोजाइले प्रतिक्षा गर्दैछ ।

कठिन काम सुरु भइसकेको छ । डब्ल्युुएचओले प्रारम्भिक भ्याक्सिन वितरण योजना गत जुनमा प्रकाशित गरिसकेको छ  । यसले विश्वभरका झन्डै ५ करोड स्वास्थकर्मीलाई पहिलो प्राथमिकतामा राख्छ । त्यसपछि ६५ वर्ष माथिका झन्डै ६० करोड वृद्धवृद्धा पर्छन्, अनि कार्डियो भास्कुलर, क्यान्सर, मधुुमेह, मोटोपन वा स्वासप्रश्वास सम्बन्धी रोगबाट ग्रस्त ३० वर्षमाथिका वयस्क प्राथमिकतामा छन् ।


बैठक  अन्त्य हुँदासम्म कमिटीले पहिले स्वास्थकर्मी र त्यसपछि हेरचाहको काममा खटिनेहरु प्राथमिकतामा रहने निर्णय ग-यो ।  यसपछिको लाईनमा कोभिड १९ संक्रमण र मृत्युको जोखिममा रहेकाहरु छन्, जसको अर्थ पहिल्यै कुनै रोग भएका र वृद्धवृद्धा भन्ने बुझिन्छ । अन्य सबैले कुर्नुुपर्छ, सायद त्यति धेरै कुुर्नुपर्दैन जति कम आय भएका देशका जनताले कुुर्नुपर्ला ।


विभिन्न देशहरुले पनि आ–आफ्ना योजना बनाउँदैछन् । बेलायतमा जोयन्ट कमिटी अन भ्याक्सिनेशन एन्ड इम्युनाइजेशनले ‘जीवन बचाउने र एनएचएसको रक्षा गर्ने’ मान्यतालाई प्राथमिकतामा राखेर बैठक आयोजना गरिसकेको छ,  यो नारा महामारीमा बेलायतले देखाएको प्रतिक्रियालाई हेरिरहेका दर्शकलाई थाहा भएकै हो ।

बैठक  अन्त्य हुँदासम्म कमिटीले पहिले स्वास्थकर्मी र त्यसपछि हेरचाहको काममा खटिनेहरु प्राथमिकतामा रहने निर्णय ग-यो ।  यसपछिको लाईनमा कोभिड १९ संक्रमण र मृत्युको जोखिममा रहेकाहरु छन्, जसको अर्थ पहिल्यै कुनै रोग भएका र वृद्धवृद्धा भन्ने बुझिन्छ । अन्य सबैले कुर्नुुपर्छ, सायद त्यति धेरै कुुर्नुपर्दैन जति कम आय भएका देशका जनताले कुुर्नुपर्ला ।

( कम आय भएका देशका जनताबारे ‘भ्याक्सिन राष्ट्रवाद’ उपशीर्षकमा तल थप जानकारी छ ।)

‘हर्ड इम्युनिटी’ अर्थात् समुदाय प्रतिरोध

रोग नियन्त्रण र रोकथामका लागि अमेरिकी केन्द्रहरुले पनि विकल्प अघि सारेका छन् । योजनाअनुसार त्यहाँका १ करोड १० लाख ‘गम्भिर स्वास्थ हेरचाह र अन्य काममा खटिनेहरु’ पहिलो प्राथमिकतामा छन् । यसपछि ११ करोड उच्च जोखिममा रहेकाहरु छन् ।

बाँकी २० करोड ६० लाख आम जनसंख्या पुछारमा छ ।


अहिलेको भ्याक्सिन कडा ज्वरो वा मृत्युबाट बचाउन डिजाइन गरिएको हो, समुदाय प्रतिरोध तयार गर्न होइन । संक्रमण र फैलावट रोक्दा कहिलेकाँही मानिसहरुले हर्ड समुदाय प्रतिरोध निकाल्नसक्छन्, तर यो सुुखद् घटना मात्रै हो । उदाहरणका लागि नासल फ्लु भ्याक्सिनले भाइरसको फैलावट रोक्छ र फैलावट रोकिएपछि आफैं समुदाय प्रतिरोध सिर्जना हुन्छ ।


ध्यानमा राख्नुपर्ने विषय, अहिलेसम्म कुनै पनि योजनामा समुदायत प्रतिरोध (हर्ड इम्युनिटी) उल्लेख छैन, जतिबेला भाइरसलाई फैलनबाट रोक्ने पर्याप्त प्रतिरोधी क्षमता भएका व्यक्ति कुल जनसंख्यामा हुन्छन्, त्यतिबेला हर्ड इम्युनिटी विकास हुन्छ ।

बेलायतजस्ता केही देशमा महामारीबाट बाहिर निस्कने रणनीतिका रुपमा हल्का र अवैज्ञानिक तवरले हर्ड इम्युनिटीको प्रचार भयो, जसले यसको प्रतिष्ठा कम गरायो । यद्यपि, भ्याक्सिनमार्फत सिर्जना हुने हर्ड इम्युनिटी महामारीको अन्त्यका लागि अझै उत्कृष्ट बाजी हो ।

‘हामीलाई विश्वव्यापी हर्ड इम्युनिटी चाहिन्छ,’ उत्तरी कारोलिनको डुुरह्यामस्थित डुक विश्वविद्यालय ग्लोबल हेल्थ इन्स्टिच्युटका गेभी यामीले भन्छन् ।ग्रासली भन्छन्, ‘भ्याक्सिनले तयार गर्ने हर्ड इम्युनिटीलाई अझैसम्म योजनामा समावेश नगर्नुको कारण छ । ६० देखि ७० प्रतिशत जनसंख्यालाई कभर गर्नेगरी सामुहिक खोप लगाइदिएपछि कोरोना भाइरसको समुदाय प्रतिरोध आफैं हुन्छ भनेर पनि ठानिएको छ, तर यस्तो नहुुन सक्छ ।’

अहिलेको भ्याक्सिन कडा ज्वरो वा मृत्युबाट बचाउन डिजाइन गरिएको हो, समुदाय प्रतिरोध तयार गर्न होइन । संक्रमण र फैलावट रोक्दा कहिलेकाँही मानिसहरुले हर्ड समुदाय प्रतिरोध निकाल्नसक्छन्, तर यो सुुखद् घटना मात्रै हो । उदाहरणका लागि नासल फ्लु भ्याक्सिनले भाइरसको फैलावट रोक्छ र फैलावट रोकिएपछि आफैं समुदाय प्रतिरोध सिर्जना हुन्छ । आम रुपमा बालबालिकालाई यो खोप यसकारण दिइन्छ, ताकि उनीहरुले जोखिममा रहेका तथा खोपको प्रतिक्रिया जनाउन नसक्ने आफ्ना वृद्धवृद्धता आफन्तलाई रोग नसारुन् । तर कोभिड भ्याक्सिनले यसरी नै काम गर्छ भनेर अहिलेसम्म हामीलाई थाहा छैन ।

‘रोगविरुद्ध यो सुरक्षात्मक छ भन्ने भयो भने भ्याक्सिन उपलब्ध हुनेछ,’ ग्रासली भन्छन्, ‘ती भ्याक्सिनहरु संक्रमण वा फैलावटविरुद्ध सुरक्षात्मक हुनसक्छन् वा नहुन पनि सक्छन् । तर अहिलेसम्म हामीलाई थाहा छैन । यदी भ्याक्सिनले समुदाय प्रतिरोध समेत सिर्जना ग-यो भने अधिकतम लाभका लागि भ्याक्सिनको प्राथमिकताबारे पुनर्समिक्षा गर्नु मुुल्यवान् हुनसक्छ,’ ग्रासली भन्छन् ।


भ्याक्सिन संभव नै नहुन सक्छ । भइहाले पनि (कम्तिमा सुरुवातमा) यो सबैसमक्ष नपुुग्न सक्छ । पुगिहाले पनि यसले समुदाय प्रतिरोध सिर्जना नगर्न सक्छ । गर्छ नै भनेपनि थोरैमात्र मानिसले यसलाई लगाउने निर्णय लिनसक्छन् । अन्त्यको सुरुवात ? सायद नहुनसक्छ । ‘ यो १ सय मिटरको दौड थियो भने हामीले केवल सुरुवाती केही मिटर मात्रै दौडेका छौं,’ उत्तरी कारोलिन डुरह्यामस्थित डुक विश्वविद्यालयका गामिन यामेइले भने ।


जस्तो, हामीलाई थाहा छ कि लक्षण विकास नहुने केही व्यक्ति अति संक्रामक हुनसक्छन् । उनीहरु ‘सुपर स्प्रेडर पनि हुन्’, जसले औसतभन्दा धेरै व्यक्तिलाई रोग सार्छन् । ‘ती व्यक्ति को हुन् भनेर पहिचान गर्नु नै कठिन छ । यद्यपि, यस्तोमा शिक्षक, सार्वजनिक यातायत वा सुपर मार्केटमा काम गर्नेहरुलाई खोप लगाउनका लागि प्राथमिकतामा राख्नुपर्ने अवस्था निम्तनसक्छ,’ ग्रेसलीले भने ।

त्यस्तै, जोखिममा रहेका वयस्कभन्दा बालबालिकालाई भ्याक्सिन लगाइदिने विषय पनि बहसमा हुनसक्छ । ‘स्वास्थकर्मी पहिलो प्राथमिकतामा हुनुपर्छ, त्यसपछि गम्भिर कुरा भनेको वृद्धवृद्धालाई प्राथमिकतामा राख्ने हो,’ अक्सफोर्ड विश्वविद्यालय, ईहारो सेन्टर फर प्राक्टिकल इथिक्सका अल्बर्टो जिबुलिनीले भने, ‘तर यस विपरीत बालबालिकालाई खोप लगाउनु पनि उत्कृष्ट रणनीति हुनसक्छ । उनीहरुको प्रतिरोधी क्षमताले भ्याक्सिनका लागि राम्रो प्रतिक्रिया जनाउँछ । समुदाय प्रतिरोध पाउनका लागि तपाई ती व्यक्तिलाई खोप दिने इच्छा राख्नुहुुन्छ, जसमा यसले उत्कृष्ट काम गर्छ ।’

भ्याक्सिनले वृद्धवृद्धामा काम नगर्ने पनि हुुनसक्छ, यस्तो अवस्थामा उनीहरु वरपरका व्यक्तिहरुलाई खोप लगाइदिने रणनीति बन्नसक्छ । समुदाय प्रतिरोधमा प्वाल पर्नसक्ने अर्को पक्ष पनि छ, यसलाई अनुसन्धानकर्ताहरुले ‘भ्याक्सिन हेसिटेन्सी’ भनेका छन् । एलएसएचटिएमस्थित भ्याक्सिन कन्फिडेन्स प्रोजेक्टका निर्देशक हेदी लार्सनका अनुसार सामाजिक सञ्जालमा भ्याक्सिन विरोधी पोस्टहरुले सकारात्मक पोस्टलाई उछिनेको छ, यहाँ चारमध्ये एउटामात्रै पोस्ट सकारात्मक हुन्छ ।

अस्विकारोक्ति

भ्याक्सिनविरोधी अफवाह पीडादायी बन्दै छ । उदाहरणका लागि लार्सनको टिमले बेलायतमा २ हजारभन्दा बढी व्यक्तिसँग उनीहरु खोप लगाउन चाहन्छन् या चाहदैंनन् भनेर सोधिरहेको छ । मार्चको अन्त्यतिर ८० प्रतिशत व्यक्तिले लगाउँछौं भनेका थिए, तर मार्चको अन्त्यसम्म आइपुुदा यो संख्या ६७ प्रतिशतमा झ¥यो ।

अमेरिकामा मे महिनामा गरिएको सर्वेक्षणअनुसार ४२ प्रतिशत मानिसले मात्रै खोप लगाउँछौ भनेका थिए, २७ प्रतिशतले लगाउँदैनौं भने, बाँकी अनिश्चित थिए । भ्याक्सिन अस्तित्वमा आउँदा पनि यसलाई स्वीकार्न तयार नहुने मानिसहरुको बढ्दो संख्या पनि अवरोध हो,’ एलएसएचटिमकी लिसा लिनले भनिन्, ‘भ्याक्सिन लिन विश्वस्त भएका मानिसहरुलाई पनि कोभिड १९ अस्विकारोक्तिले दुविधा सिर्जना गर्ने खतरा छ । रोगको खतराबारेको बुुझाइ र भ्याक्सिन लिने सवाल महत्वपूर्ण रुपमा जोडिएको छ,’ लिनले भनिन् ।

भ्याक्सिन संभव नै नहुन सक्छ । भइहाले पनि (कम्तिमा सुरुवातमा) यो सबैसमक्ष नपुुग्न सक्छ । पुगिहाले पनि यसले समुदाय प्रतिरोध सिर्जना नगर्न सक्छ । गर्छ नै भनेपनि थोरैमात्र मानिसले यसलाई लगाउने निर्णय लिनसक्छन् । अन्त्यको सुरुवात ? सायद नहुनसक्छ । ‘ यो १ सय मिटरको दौड थियो भने हामीले केवल सुरुवाती केही मिटर मात्रै दौडेका छौं,’ उत्तरी कारोलिन डुरह्यामस्थित डुक विश्वविद्यालयका गामिन यामेइले भने ।


अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले खुलेआम राष्ट्रवादी भ्याक्सिन विकास कार्यक्रम ‘अपरेशन वार्प स्पिड’ अघि बढाएका छन् । ‘ब्रिटिस, चिनियाँ वा अमेरिकी भ्याक्सिन भन्ने होइन । सबै भ्याक्सिन विश्वहितका लागि हुनुपर्छ,’ यामेई भन्छन्, ‘अर्बौ डलरको प्रश्न– के यस्ता सम्झौता विश्वव्यापी निष्पक्ष वितरणका लागि चुनौती हो ? मेरो जवाफ हो भन्ने हो ।’


भ्याक्सिन राष्ट्रवाद

२००९ को फ्लु महामारीका दौरान भ्याक्सिन डोज संञ्चय गरेको भन्दै उच्च आय भएका देश आलोचित बनेका थिए । के भ्याक्सिन राष्ट्रवादले आफ्नो कुुरुप टाउको फेरि उठाउँछ ?

गामिन यामेइ भन्छन्, ‘विश्वका केही नेताहरुले २००९ बाट पाठ सिकेजस्तो देखिन्छ । भ्याक्सिन विकास भएपछि धनी देशहरुले मनपर्दी गर्ने छैनन् भनेर उच्च राजनीतिक इच्छाशक्ति देखिएको छ,’ उनले भने,‘इम्मानुयल म्याक्रोजस्ता वैश्विक नेताहरुले भ्याक्सिन विश्वव्यापी हुनुपर्छ भनेको हामीले सुनेका छौं । वास्तविकतालाई ध्यानमा राख्ने हो भने विश्वव्यापी समुदाय प्रतिरोध नभएसम्म महामारीलाई अन्त्य गर्न गाह्रो हुनेवाला छ ।’

डब्ल्युुएचओको कोभिड १९ प्राथमिकता योजनाले ‘समान र निष्पक्ष वितरण’ मा जोड दिएको छ ।  र, यसलाई संभव तुल्याउन कोभाक्स नामको वैश्विक गठबन्धनले काम गरिरहेको छ । यहाँ आबद्ध देशहरुले संशाधन विकास र अध्ययनका लागि समूहमा काम गर्नेछन् । कुनै भ्याक्सिन सफल भयो भने सबैले यसलाई हासिल गर्न सकुन् भन्ने लक्ष्य राखिएको छ । ‘यो एउटा बीमा नीतिजस्तै प्रभावकारी हो,’ यामेईले भने ।

यो लेख लेख्दासम्म विश्वका १ सय ७० देशले कोभाक्समा बस्ने मनसाय देखाएका छन्, यी सबैको जनसंख्या जोड्दा झन्डै ४ अर्ब ५० करोड हुन आउँछ । यसमा बेलायत, क्यानेडा, न्युजिल्यान्ड, आयरल्यान्डलगायत देश समावेश छन् । यसमध्ये ९२ वटा गरिब देशले सित्तैमा भ्याक्सिन पाउनेछन् ।

सम्भावित भ्याक्सिन निर्माणमा अगाडि देखिएका बेलायती संस्था अक्सफोर्ड र इम्पेरियल कलेज लण्डनले फाइदाका लागि भ्याक्सिन उपलब्ध नगराउने घोषणा गरिसकेका छन् । तर, राष्ट्रवादको घण्टी चर्कै बज्दैछ । न अमेरिका न त चीनले नै अहिलेसम्म कोभाक्समा बस्ने सार्वजनिक चाहना व्यक्त गरेका छन् । धेरै देशहरुले गलत अनुपातमा कम्पनीहरुसँग भ्याक्सिन खरिद सम्झौता गरिसकेका छन् । ‘यो अहिल्यै पक्का छ कि अनुसन्धानमा धेरै लगानी गर्ने देशले नै भ्याक्सिन बनेपछि पहिले प्रयोग गर्न चाहन्छ,’ लण्डन स्कुल अफ हाइजिन एन्ड ट्रपिकल मेडिसिनका निर्देशक बिट कम्पम्यानले भने ।

उदाहरणका लागि बेलायत सरकारले अक्सफोर्डसँग भ्याक्सिन तयार भएपछि १ सय मिलियन डोज लिने सम्झौता गरिसकेको छ । अक्सफोर्डले सुरुमा उत्पादन गर्ने कुल डोजमध्ये यो ५ प्रतिशत हो, जबकी बेलायतको जनसंख्या विश्वको कुल जनसंख्याको १ प्रतिशतभन्दा कम छ ।अमेरिकाले ३ सय ५० मिलियन डोज लिनेगरी अक्सफोर्डसँग सम्झौता गरेको छ, योे १७ दशमलव ५ प्रतिशत हो, जबकी यहाँ विश्वको ४ प्रतिशत मात्रै जनसंख्या छ ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले खुलेआम राष्ट्रवादी भ्याक्सिन विकास कार्यक्रम ‘अपरेशन वार्प स्पिड’ अघि बढाएका छन् । ‘ब्रिटिस, चिनियाँ वा अमेरिकी भ्याक्सिन भन्ने होइन । सबै भ्याक्सिन विश्वहितका लागि हुनुपर्छ,’ यामेई भन्छन्, ‘अर्बौ डलरको प्रश्न– के यस्ता सम्झौता विश्वव्यापी निष्पक्ष वितरणका लागि चुनौती हो ? मेरो जवाफ हो भन्ने हो ।’

यहीबीच यसै साता रुसले विश्वको पहिलो कोभिड भ्याक्सिनलाई स्वीकृति दिइएको घोषणा गरेको छ । यद्यपि, डब्ल्युचएओका अनुसार गामालिया इन्स्टिच्युुट अफ मस्कोमा विकास भएको यो भ्याक्सिन सुरुवाती चरणको परीक्षणमै छ, भ्याक्सिन सुरक्षित भएको पहिचान हुनुुअघि नै प्रयोगमा आएको भन्दै यसबारे चिन्ता र सवाल खडा भएको छ ।

प्रतिकृया दिनुहोस्