Tuesday, January 19

‘पाइलट हुँ’ भन्दै महिलासँग नजिकिने, गरगहना लु;टेर भाग्ने एक पक्राउ

August 19, 2020 146

‘पाइलट हुँ’ भन्दै महिलासँग नजिकिने र गरगहना लु;टपाट गरी भाग्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ।

महानगरीय प्रहरी परिसर, काठमाडौंले कागेश्वरी मनोहरा नगरपालिका-८ बस्ने २३ वर्षीय रोहिनजंग शाहलाई मंगलबार प;क्राउ गरेको हो। उनले एक वर्षदेखि फेसबुकबाट महिलाहरुलाई साथी बनाई आफूलाई नेपाल एयरलाइन्सको ‘पाइलट हुँ’ भन्दै चिनाउने गरेका थिए।

आफूलाई पाइलट बताएर महिलाहरूसँग नजिकिने र पछि सुनका गरगहना लु;टपाट गरेर भाग्ने गर्थे। त्यही सूचना पाएपछि परिसरले उनको खोजी गरेको थियो। ‍

प्रारम्भिक अनुसन्धानबाट उनले केही महिलाहरुबाट अन्दाजी ११ तोला बाराबरको सुनका गहनाहरु र दुई थान मोबाईल सेट समेत लु;टपाट गरेको खुल्न आएको छ। परिसरले उनीमाथि थप अनुसन्धान गरिरहेको छ।

प्रतिकृया दिनुहोस्