जनकपुर । प्रदेश नम्बर २ मा पछिल्लो २४ घण्टामा ३ सय ८३ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालयले जनाएको छ । यो अहिलेसम्मकै सबैभन्दा बढी हो । निर्देशनालयका वरिष्ठ जनस्वास्थ्य प्रशासक विजय झाले जानकारी दिए अनुसार यस प्रदेशमा संक्रमितको कुल जम्मा संख्या ७ हजार ८ सय ८३ पुगेको छ ।
त्यस्तै सर्लाहीको मलंगवा नगरपालिकामा १ जना र ठाउँ नखुलेको स्थानका ८८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । त्यसैगरी रौतहटको गरुडा नगरपालिकामा १ जना र ठाउँ नखुलेको स्थानका ३६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
त्यसैगरी धनुषाको जनकपुरधाममा १४ जना, सिनुरजोडामा १, क्षीरेश्वरनाथ नगरपालिकामा २, बटेश्वर गाउँपालिकामा १, पौडेश्वरमा १, ईलाका प्रहरी कार्यालयमा १, नेपाल बंगलादेश बैँक जनकपुरमा २, मिथिला नगरपालिकामा १, शहिदनगर नगरपालिकामा १, धनुषाधाम नगरपालिकामा १, जिल्ला अदालतमा १ र ठाउँ नखुलेको स्थानका १ जनामा कोरोना संक्रमण पुष्टि भएको निर्देशनालयले जनाएको छ ।
त्यस्तै बाराको कलैया उपमहानगरपालिकामा १, प्रसौनी गाउँपालिकामा १, कलैया अस्पतालमा ३, जीतपुर सिमरामा ५, कोल्हवी नगरपालिकामा ९, पथलैयामा ३ र ठाउँ नखुलेको स्थानका २ जनामा कोरोना संक्रमण पुष्टि भएको जनाइएको छ ।
त्यसैगरी महोत्तरीको बर्दिबास नगरपालिकामा १, उद्योग वाणिज्य संघ मठियानीमा ७ र महोत्तरी गाउँपालिकामा १, र सप्तरीमा ठाउँ नखुलेको स्थानका १ जनामा कोरोना संक्रमण पुष्टि भएको वरिष्ठ जनस्वास्थ्य प्रशासक झाले बताए ।
प्रतिकृया दिनुहोस्