Tuesday, January 19

निषेधाज्ञा अवधिमा पनि सेवा प्रवाह गर्न बैंक तथा वित्तीय संस्थालाई राष्ट्रबैंकको निर्देशन

August 19, 2020 167

काठमाडौं, ३ भदौं । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई निषेधाज्ञा अवधिभर सीमित कर्मचारीबाट आलोपालो प्रणालीमा सेवा प्रवाह गर्न निर्देशन दिएको छ ।

बुधवार राष्ट्र बैकले निषेधाज्ञाको अवधिमा बैक तथा बित्तीय संस्थाहरुलाई सावधानीपूर्वक सीमित कर्मचारी राखेर काम गर्न निर्देशन दिएको हो । राष्ट्र बैंकले सरकारले निषेधाज्ञा गरेको समयमा बैंक तथा वित्तीय संस्थाले कसरी काम गर्ने भन्ने बारेमा सूचना जारी गर्दै यस्तो निर्देशन दिएको हो ।

सरकारले भदौं ३ गते (आज) रातिदेखि १० गतेसम्म काठमाडौं उपत्यकामा निषेधाज्ञा लागू गरेको छ । सरकारले यस अवधिमा अत्यावश्यक सेवा बाहेकका सबै व्यापार व्यवसाय बन्द गर्ने निर्णय गरेको अवस्थामा बैकिङ सस्थालाई पनि सीमित कर्मचारी राखेर सेवा प्रवाह गर्न निर्देशन दिइएको राष्ट्र बैंकका प्रबक्ता डा। गुणाकर भट्टले जानकारी दिनु भयो ।

निषेधाज्ञा अवधिभर बैंक तथा वित्तीय संस्थाका कर्मचारीलाई विशेष पास नचाहिने समेत सरकारले स्पष्ट पारेको छ । राष्ट्र बैंकले एटीएम मेसिनमा पर्याप्त नगद राख्न र त्यसको निगरानी राख्न समेत भनेको छ ।

राष्ट्र बैंकले सकभर डिजिटल सेवालाई पनि प्रभावकारी बनाउन निर्देशन दिदै बैकिङ सेवालाई आवश्यकता अनुसार जनतालाई प्रवाह गर्न पत्राचार गरेको राष्ट्र बैंकका प्रबक्ता डा. गुणाकर भट्टले जानकारी दिनुभयो ।

प्रतिकृया दिनुहोस्