काठमाडौं । गत सोमबार नेपाल एअरलाइन्सको दुबई फ्लाईटको चार्टर उडान थियो । पूर्वनिर्धारित उडान सेडुल अनुसारनै सोमबार राति ९ः३० बजे २३० जना यात्रु बोकेर नेपाल एयरलाइन्स दुबईको आबुधाबी उड्यो । उताबाट फर्किदा सोही फ्लाइटमा दुबईमा रहेका २६० जना नेपाली श्रमिकहरुलाई उद्धार गरेर नेपाल ल्याउने नेपाल एयरलाइन्सको योजना थियो । उता दुबईमा रहेका नेपालीहरुले टिकट पनि काटिसकेका थिए । तर उडान हुन नपाउँदै सोमबार बेलुका नै नेपाल सरकारले आकस्मिक रुपमा यस्तो निर्णय ग¥यो कि तत्कालका लागि सबै उद्धार(चार्टर) उडान स्थगित गर्ने ।
किन यस्तो भयो भन्ने रातोपाटीको प्रश्नमा नेपाल एयरलाइन्सका अध्यक्ष समेत रहेका संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव केदारबहादुर अधिकारी सोबारे आफुहरुलाई केहि जानकारी नभएको बताउँछन् । ‘चार्टर उडान रोक्ने निर्णय सरकारी निर्णयअनुसार नै भएको हो । पूर्व सेडुलिङ्गअनुसार कुन–कुन एयरलाइन्सको के कति कहाँ उडान थिए त्यो त जानकारी भएन । अहिलेसम्म चार्टर उडानको प्राथमिकता कसले पाउँदै आएको छ, त्यो त तपाईहरुलाई थाहै छ । तर हिजोको केसमा के भएको मलाई थाहा भएन । यो हाम्रो सरोकारको विषय पनि होइन । किन त्यस्तो भयो सीसीएमसीलाई नै सोध्नुस्’ सचिव अधिकारीले भने ।
यता, सीसीएमसीलाई पनि हामीले सम्पर्क गर्ने कोशिस गर्यौं । तर सीसीएमसी सम्पर्कमा आउनै चाहेन । हामीले जतिपटक फोन सम्पर्क गर्न खोजे पनि सीसीएमसीका सदस्यहरुले फोन नै उठाएनन् । त्यसपछि हामीले नेपाल एयरलाइन्ससँग बुझ्न खोज्यौं । नेपाल एयरलाइन्सका प्रवक्ता अर्चना खड्काले आफुहरुले सरकारको निर्देशन मानेर दुबईबाट रित्तै फर्किएको जानकारी दिइन् ।
‘पूर्वनिर्धारित सेडुलअनुसार नेपाल एयरलाइन्सको सोमबार राति ९ः३० बजे काठमाडौं टु दुबई चार्टर फ्लाईट थियो । सोही फ्लाईट मार्फत काठमाडौं टु दुबई २३० जना यात्रु लैजाने र उताबाट फर्किदा दुबईमा रहेका २६० जना नेपाली लिएर फर्किने हाम्रो योजना थियो । तर सरकारले सोमबार बेलुका नै मंलबारबाट कुनै पनि चार्टर उडान नगर्ने भनेर निर्णय गरिदियो । त्यसपछि हामीलाई सोही निर्देशन भयो ।’
प्रवक्ता खड्काले भनिन्, ‘त्यसपछि हामीले काठमाडौं टु दुबई मात्र राखेर दुबई टु काठमाडौंको सबै टिकेट क्यान्सिल गर्यौं । अन्तिम आवरमा आएर किन यस्तो निर्णय गरियो त्यो त हामीलाई थाहा भएन । तर यसले नेपाल एयरलाइन्सलाई भने घाटा लाग्यो । एकतर्फी अपरेटिङ्ग कष्ट पुुरै लष्टमा हो’ खड्काले रातोपाटीसँग भनिन् ।
यता टिकट काटेर बसेका नेपाल आउन उत्सुक नेपाली कामदारहरु समेत यो निर्णयले प्रभावित हुन पुगेका छन् । नेपाल एयरलाइन्सको फ्लाईट क्यान्सिल भएसँगै टिकट काटेर बसेका नेपालीहरु एयरपोर्टमै त्यसै अलपत्र परेका छन् । २६० जनाले टिकट काटेकोमा एकसय जनाभन्दा बढि नेपाली एयरपोर्टमा आएर अलपत्र परेको समाचार आएको छ ।
नेपाल आउने आशामा टाढा टाढाबाट एयरपोर्टसम्म आएका नेपालीहरु त्यसै अलपत्र पर्न परेकोमा अहिले सबैतिरबाट सरकारको तिब्र आलोचना भइरहेको छ । तर, टिकट काटिसकेकका यात्रुको पैसा भने फिर्ता हुने प्रवक्ता खड्काको भनाइ छ । यदि यात्रुहरुले चाहेको खण्डमा फ्लाईट टिकटको समयसमेत परिवर्तन गर्न सक्ने प्रवक्ता खड्काले रातोपाटीसँग बताएकी छिन् ।
प्रतिकृया दिनुहोस्