Tuesday, January 26

बेलबारीमा १० जना संक्रमित थपिए,संक्रमितको संख्या १८ पुग्यो  

August 17, 2020 147

माेरङ / मोरङको बेलबारीमा सोमबार थप १० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । बेलबारी २ का एक युवामा कोरोना देखिएपछि उनको सम्पर्कमा रहेकाहरुको कन्ट्रयाक्ट ट्रेसिङ गर्दा थप १० जनामा कोरोना देखिएको हो ।

कोरोना संक्रमण पुष्टि भएकाहरुमा बेलबारी १ र २ नम्बर वडाका रहेका छन । लालभित्तिका ती युवामा एक सातआघि कोरोना पुष्टि भएको थियो । त्यसपछि उनको परिवार र सम्पर्कमा रहेका ब्यत्तिहरुको परिक्षण गर्दा थप १० जनामा कोरोना देखिएको बेलबारी नगरपालिका स्वास्थ्य शाखाका कर्मचारी सन्तोष बिकले जानकारी दिएका छन ।

यसैबिच बेलबारी नगरपालिकाले यहि भदौ ७ गतेसम्म नगर क्षेत्रभित्र लकडाउन गर्ने निर्णय गरेको छ ।पहिलोपटक साउन ३२ गतेसम्म लकडाउन गर्ने निर्णय गरेको नगरपालिकाको आईतबार बिहान बसेको बैठकले थप एक साता लकडाउन लम्बयाउने निर्णय गरेको हो । कोरोना भाईरस (कोभिड १९) को रोकथाम र नियन्त्रणका लागि नगरपालिकाले थप लकडाउन गर्ने निर्णय गरेको बताएको छ ।

बेलबारीमा भारत तथा तेस्रो मुलुकबाट आएका ५ जना सहित एक प्रहरी,एक स्थानीय र एक स्वास्थ्यकर्मी गरि ८ जना र थप १० जना गरी १८ जनामा कोरोना पुष्टि भएको छ भने ५ सय बढीको पिसिआर परिक्षण गरिसकिएको छ ।

प्रतिकृया दिनुहोस्