Thursday, March 4

सशस्त्रका डीएसपीसहित ६५ जनामा संक्रमण पुष्टि

August 17, 2020 228

वीरगन्ज : पर्सामा थप ६५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । वीरगन्ज भन्सार कार्यालयमा खटिएका सशस्त्र प्रहरी नायब उपरीक्षक (डीएसपी) अमर खत्री, त्यही कार्यरत अर्का एक सशस्त्र प्रहरी जवान सहित ६५ जनामा आइतबार राति संक्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय पर्साका स्वास्थ्य निरीक्षक जयमोद ठाकुरले जानकारी दिए ।

आइतवबार राति संक्रमण पुष्टि भएका ६५ जना मध्ये वीरगन्ज महानगरपालिका ४१ जना छन् । उनीहरुको साउन २६ गते वीरगन्ज ११ श्रीपुर र साउन २७ गते त्रिजुद्ध माविमा स्वाब संकलन गरिएको थियो ।

यस्तै पर्साकै जगरनाथपुर गाउँपालिकाका ४ स्वास्थ्यकर्मीसहित १५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । उनीहरुको साउन २७ गते स्वाब संकलन गरिएको थियो । पर्साकै सखुवाप्रसौनी गाउँपालिकाका ७ जनामा पनि संक्रमण पुष्टि भएको हो । त्यहाँ साउन २६ गते स्वाब संकलन गरिएको थियो ।

प्रतिकृया दिनुहोस्