Monday, January 25

ललितपुरमा एकैपटक थपिए ३८ जना कोरोना संक्रमित

August 16, 2020 223

काठमाडौं

पछिल्लो २४ घण्टामा ललितपुरमा मात्रै ३८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।मन्त्रालयका अनुसार पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको स्वाब परीक्षणमा ललितपुरका २७ जना, बिध ल्याबमा गरिएको स्वाब परीक्षणमा ललितपुरका १ जना, बी एण्ड बी अस्पतालमा गरिएको स्वाब परीक्षणमा ललितपुरका १ जना, ह्याम्स अस्पतालमा गरिएको स्वाब परीक्षणमा ललितपुरका १ जना, स्टार अस्पतालमा गरिएको स्वाब परीक्षणमा ललितपुरका ६ जना र शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पताल टेकुमा गरिएको स्वाब परीक्षणमा ललितपुरका २ जनामा गरि पछिल्लो २४ घण्टामा ललितपुरमा ३८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

यसैबीच नेपालमा आज (आईतवार) थप ६४१ जनामा कोरोना भाईरस (कोभिड १९) संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या २६ हजार ६६० पुगेको छ ।

स्वास्थ्य मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले नेपालमा बितेको २४ घण्टामा ६४१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको जानकारी दिए ।उनका अनुसार (कोभिड १९) संक्रमण पुष्टि भएका संक्रमितहरु सबैको स्वास्थ्य अवस्था सामान्य रहेको छ भने उनीहरु चिकित्सकको निगरानीमा रहेका छन् ।

नेपालमा अहिलेसम्म कोरोना भाइरस संक्रमणका कारण १०४ जनाको मृत्यु भएको छ ।पछिल्लो २४ घण्टामा थप १३४ जना कोरोना संक्रमणमुक्त भएसँगै कोरोना संक्रमणमुक्त भई अस्पतालबाट डिस्चार्ज हुनेको संख्या १७ हजार ३३५ पुगेको छ ।नेपालमा हिजो (शनिवार) ४६८ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो ।

प्रतिकृया दिनुहोस्