विराटनगर / विराटनगरमा ३ स्थित एक वृद्धाको घरमा छरछिमेकी जान नमान्दा दाहसंस्कार हुन सकेको छैन । परिवारमा कोरोना संक्रमण पुष्टि भए पश्चात छरछिमेकी घरमा पस्न नमान्दा ८७ वर्षीया वृद्धाकाे अन्त्येष्टि हुन नसकेकाे हाे । कोरोना पुष्टि भए संगै ५६ वर्षीय छोरा गत मंगलबारबाट आइसोलेसनमा छन् भने बुहारी र नातिको रिपोर्ट पनि पोजेटिभ आएको छ ।
वृद्धाको नियमित स्याहारसुधार गर्नेसँगै मृ-त्यु भएपछि रातभर रुँघेर बुहारी र नाति बसेका थिए । वृद्धाको रिपोर्ट नेगेटिभ आएपछि विराटनगर महानगरपालिकाले श;वको दाहसंस्कार गर्न परिवारलाई अनुमति दिएता पनि गर्मीका कारण सडेर श;व गन्हाउन सक्ने अवस्था आइसकेकाे वडाअध्यक्ष विनोद बस्नेत बताउछन् । बस्नेतका अनुसार परिवारका अन्य सदस्य संक्रमित भएका कारण छिमेकीहरु घरमा पसेर श;व उठाउन डराएको बताए । के गर्ने भन्ने बारे हामी सल्लाह गरेर निर्णय लिने बस्नेत बताउछन् ।
कोरोना पोजेटिभ देखिएका मृ;तकको श;व नेपाली सेनाले व्यवस्थापन गर्दै आएको छ । नेगेटिभ देखिए श;व आफन्तलाई जिम्मा लगाइँदै आएको छ । तर मृ;तकका छोरा, बुहारी र नातिको रिपोर्ट पोजेटिभ आएपछि श;व व्यवस्थापनमा समस्या भइरहेको बस्नेतको भनाइ छ ।
प्रतिकृया दिनुहोस्