Saturday, January 23

कोरोना संक्रमण मुक्त भएर घर फर्केकको चार घण्टा नबित्दै मृ-त्यु भएपछि

August 16, 2020 128

वीरगन्ज – वीरगन्जमा कोरोना संक्रमण मुक्त भएर घर फर्केका पुरुषको चार घण्टा नबित्दै मृ-त्यु भएको छ । मृ-त्यु हुनेमा वीरगन्ज महानगरपालिका वडा नम्बर १३ का ५५ बर्षीय लाल बहादुर प्रसाद कलवार रहेका छन् ।

ति पुरुष नारायणी अस्पताल विषेश कोरोना अस्थायी वीरगन्ज हेल्थ केयरमा अस्पतालबाट शनिबार राति कोरोना मुक्त भएर डिस्चार्ज भएका थिए । डिस्चार्ज भएको समयमा नै झाडा पखाला र अक्सिजनको मात्रा पनि कम भएकोले उनलाई थप उपचारको लागि राम्रो अस्पतालमा भर्ना गर्न कोबिड अस्पतालका चिकित्सकले सल्लाह दिएका थिए ।

रिपोट नेगेटिभ आएपछि अस्पतालमा बस्न नमिल्ने भन्दै कलवारलाई थप उपचारका लागि अस्पतालमा लैजान  चिकित्सकले सल्लाह दिएका थिए ।रिपोर्ट नेगेटिभ आएर डिस्चार्ज भएको चारघण्टापछि मृ-त्यु भएपछि मृ;तकका आफन्तले पुनःस्वाब परीक्षणको माग गरेका छन् ।

प्रतिकृया दिनुहोस्